काठमाडौं– तीन पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल निर्वाचन आयोग पुगेका छन्।
माइतीघर मण्डलबाट नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितको टोली आयोगमा पुगेको हो।
उनीहरू नेकपाको आफ्नो समूह आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग पुगेका हुन्।
बिहीबार बसेको यो समूहको केन्द्रीय कमिटी बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषण गरेको थियो।
दाहाल–नेपाल समूहले ४४१ मध्ये ३१५ केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाउँदै छ।