काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन अग्रगामी कदम भएको बताएका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकलाई सम्बोधन गर्दै थापाले प्रतिनिधि सभाको विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको बताएका हुन्।
उनले भने, ‘अब चुनावमा जाने हो, चुनाव छोडेर संसद् पुनस्र्थापनाको माग गर्नु पश्चगमन हो।’
मध्यावधि चुनावको घोषणा प्रतिक्रान्तिलाई रोक्नको लागि भएको र यसलाई कसैले रोक्न नसक्ने पनि बताए।
थापाले देशलाई प्रतिक्रान्तिका लागि सरकार लागेको भन्दै चुनावको विकल्प नभएको बताएका छन्।