काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ । यस सुविधाबाट ग्राहकले घरबाटै आफूले चाहेको खाता खोल्न सक्नेछन्।
इन्टरनेटको पहुँचमा रहेका ग्राहकलाई ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा अति नै सहज र प्रभावकारी हुने बैंकले बताएको छ। आफूले खोल्न चाहेको खाताबारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने व्यवस्था मिलाइएको छ।