बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारको मुद्दामा तत्कालिन राजपाका नेतालाई १० वर्ष कैद

बलात्कारको मुद्दामा तत्कालिन राजपाका नेतालाई १० वर्ष कैद

बलात्कार र ठगी गरेको मुद्दामा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)का सप्तरी जिल्ला कोषाध्यक्ष जेल चलान भएका छन् । 
 |  बुधबार, पुस ८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस ८, २०७७

सप्तरी- बलात्कार र ठगी गरेको मुद्दामा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)का सप्तरी जिल्ला कोषाध्यक्ष जेल चलान भएका छन् । 

triton college

तीस वर्षीया महिलालाई ठगी र बलात्कार गरेको आरोपमा तत्कालिन राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोजकुमार मेहतालाई १० वर्ष कैद सजाय तोकिएको हो । 

जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले छिन्नमस्ता गाउँपालिका–६ लोखरमका ४० वर्षीय मेहतालाई १० वर्ष कैद सजायको फैसला गरेको हो । 

अभियुक्तलाई जबर्जस्ती करणीमा सात वर्ष कैद र ३० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। 

अभियुक्तले विसं २०७५ असोज १९ गते बलात्कार गरेको भन्दै पीडितले २०७५ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी थिइन्। 

corrent noodles
Metro Mart

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका पीडितका श्रीमान्लाई छुटाइ दिने प्रलोभन देखाई मेहताले पटक–पटक ठगी गर्नुका साथै राजविराज नगरपालिका–४ स्थित अशोक लजमा लगेर बलात्कार गरेको पीडितको दाबी थियो ।  
 

प्रकाशित: Dec 23, 2020| 01:45 बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।