बिहीबार, वैशाख १३, २०८१

पियारीका गायक जोसेफले ल्याए 'जिन्दगीले घुमायो' (भिडियोसहित)

युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका चर्चित प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा 'जिन्दगीले घुमायो' बोलको गीत सार्वजनिक भएको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं- युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका चर्चित प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा 'जिन्दगीले घुमायो' बोलको गीत सार्वजनिक भएको छ।

triton college

जोसेफ शाही अफिसियल युट्युब च्यानलबाट आइतबार गीतको भिडियो सार्वजनिक गरिएको हो।

सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको कहानी समेटिएको गीतको शब्द गायक जोसेफले नै लेखेका हुन्। गीतमा करणराज कार्कीको संगीत र देवेश राईको संगीत संयोजन छ। ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनी सम्पादन किशोर थापाले गरेका हुन्। 

गीतको भिडियोमा रत्न डंगोल, राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको अभिनय हेर्न सकिन्छ। बसन्त कुँवरको छायाँकन तथा बलभद्र कुँवरको सम्पादन रहेको गीतको भिडियोमा श्याम कुँवरको रङ्ग संयोजन छ। सिम भन्ज्याङ्गका विभिन्न स्थानहरूमा छायाँकन गरिएको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन्।

पछिल्लो समय सर्वप्रिय बनेको 'पियारी' गीतका गायक जोसेफ र धर्मेन्द्रको यो पहिलो सहकार्य हो। भ्वाइस अफ नेपाल सिजन ३ को ब्लाइण्ड राउण्डमा पियारी गीत गाएर धर्मेन्द्रले चारवटै कोच र लाखौँ दर्शकको मन जित्न सफल भएका थिए।

corrent noodles
Metro Mart


प्रकाशित: Aug 02, 2021| 15:41 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।