काठमाडौं– प्रधानमन्त्री केपी ओलीले डाकेको नेकपा केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव पारित भएको छ।
बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा पौडेलले पेस गरेको प्रस्ताव पारित गरिएको केन्द्रीय सदस्य सूर्य थापाले बताए।
बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी हितविपरीत काम गरेको ठहर गर्दै उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।
बैठकले नयाँ प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई दिने निर्णय गरेको थापाले बताए।