काठमाडौं– नेकपाका अध्यक्ष केपी ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन कमिटी घोषणा गरेका छन्।
आफ्नो पक्षका सांसदहरुको भेला बोलाएर उनले यो घोषणा गरेका हुन्। विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई आज मंगलबार उनले आफ्नो निवास बालुवाटारमा बोलाएका थिए।
ओलीले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेका हुन्। त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन्।