मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनपछि दलहरु सक्रिय, कांग्रेसले बोलायो सर्वदलीय बैठक 

संसद् विघटनपछि दलहरु सक्रिय, कांग्रेसले बोलायो सर्वदलीय बैठक 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समुह छुट्टा छुट्टै छलफलमा जुटेका छन् भने प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक डाकेको छ । 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै दलहरु सक्रिय भएका छन्। 

triton college

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूह छुट्टाछुट्टै छलफलमा जुटेका छन् भने प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक डाकेको छ। 

प्रधानमन्त्रीले संसद् विघटन गरेसँगै अब चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न कांग्रेसले दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक डाकेको हो। 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी डाकेको बैठकमा संसदमा रहेका विपक्षी दलसँगै सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि सहभागी हुने जनाइएको छ। 

आइतबार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा संयुक्त बैठक बसी नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सरकारको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेका थिए।

corrent noodles
Metro Mart

कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुनुपूर्व दाहाल-नेपाल समूह अलग्गै छलफलमा बस्ने भएको छ। आगामी कदमका विषयमा रणनीति बनाउने उनीहरुको तयारी छ । 

यस्तै जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्रीको कदमलाई सबैजसो दलहरुले अंसवैधानिक र गलत निर्णय भन्दै प्रतिवाद गरेका छन्। 

हिजो (आइतबार) मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गरेकी थिइन्। 

प्रकाशित: Dec 21, 2020| 03:30 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।