मंगलबार, वैशाख ११, २०८१

संसद् विघटनपछि देशैभर उच्च सुरक्षा सतर्कता

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय प्रतिनिधिसभा  विघटन गरेपछि देशैभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। 
 |  आइतबार, पुस ५, २०७७

बीपी अनमोल

बीपी अनमोल

आइतबार, पुस ५, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय प्रतिनिधिसभा  विघटन गरेपछि देशैभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। 
चारवटै सुरक्षा निकायले देशैभरका युनिटलाई उच्च सतर्क हुन निर्देशन जारी गरेका हुन्। 

triton college

सुरक्षा चुनौती बढ्न सक्ने आँकलन गर्दै सुरक्षा निकायले आ–आफ्ना युनिटलाई सतर्क हुन भनेका छन्। 

प्रहरी प्रधान कार्यालयले देशैभर उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन जारी गरेको छ। 

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले उपत्यकासँगै देशैभरको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइएको जानकारी दिए।

‘अहिले नै तालुक गृह मन्त्रालयबाट निर्देशन आइसकेको छैन,’ उनले भने, ‘तर, हामीले सबै युनिटलाई अलर्ट हुन भनिसकेका छौं।’

corrent noodles
Metro Mart

उनका अनुसार संसद् विघटन भइहाले त्यसपछि उत्पन्न हुने सुरक्षा चुनौतीका बारेमा चनाखो हुन निर्देशन जारी भएको हो।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले विभागीय प्रमुखहरुसँग आकस्मिक छलफल गरेका थिए।

नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले पनि सतर्क हुन सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन्। 

सैनिक उच्च स्रोतका अनुसार देशैभरका पृतनालयलाई सभ्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर अघि बढ्न निर्देशन जारी भइसकेको छ। 

सेनाको आइतबार बसेको प्रिन्सिपल स्टाफ अफिसर्स बैठकमा देशमा विकसित घटनाबारे नियमित छलफल भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताए। 

उनले भने, ‘मुख्य चासो सुरक्षा परिस्थिति रहेको थियो।’ यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतनापतिहरुसँग छलफल गरी आवश्यक तयारीमा रहन निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सातवटै प्रदेशमा रहेका सशस्त्र प्रहरी बलका बाहिनीपतिहरुलाई चनाखो हुन निर्देशन जारी गरेका छन्। 
 

प्रकाशित: Dec 20, 2020| 09:11 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।