कठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्। उनले अधिनायकवाद उन्मुख कदमप्रति कांग्रेसको गम्भीर असहमति रहेको बताएका छन्।
प्रधानमन्त्री केपी ओलीको कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने देउवाको भनाइ छ।
‘प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक छ। अधिनायकवाद उन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ। संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न,’ देउवाले ट्वीटरमा भनेका छन्, ‘ यो कदमको राजनीतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।’