काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले उग्र रुप लिएसँगै गुटगत भेलाले तिब्रता पाएको छ ।
केहि दिन विद्यार्थी संगठनको गुटगत भेला गरेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निकट समुहले आज प्रदेश नम्बर १ को भेला गर्ने भएको छ।
पेरिसडाँडास्थित नेकपाकै पार्टी कार्यालयमा आज प्रदेश नम्बर १ को भेला तथा छलफल कार्यक्रम हुन लागेको हो ।
दिउँसो १ बजे आयोजना हुने कार्यक्रमलाई नेकपाका कार्यकारी अध्यक्ष दाहाल वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रदेश कमिटीका सचिव सुरेशकुमार राईले दिउँसो आयोजना हुने भेलामा प्रदेश १ का सबै जिल्लाका अध्यक्ष, सचिवहरुको सहभागिता रहने छ। त्यस्तै प्रदेश १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद उपस्थित हुने कार्यक्रम रहेको छ।
भेलामा उपत्यकामा रहेका प्रदेश १ का पार्टी कमिटीका नेता कार्यकर्ताहरुको पनि सहभागिता रहने बताइएको छ।
पार्टीभित्र अहिले देखिएको समस्याका बारेमा नेता कार्यकर्तालाई जानकारी दिन भेला आयोजना गरिएको बताइएको छ।