बिहीबार, वैशाख १३, २०८१

भारत–अस्ट्रेलिया टेस्ट : सेतो बलमा बराबरी, रातोमा को बलियो ?

कोरोना महामारीपछि अस्ट्रेलियामा आज (बिहीबार)बाट दर्शकसहितको पहिलो टेस्ट क्रिकेट सुरु भएको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– कोरोना महामारीपछि अस्ट्रेलियामा आज (बिहीबार)बाट दर्शकसहितको पहिलो टेस्ट क्रिकेट सुरु भएको छ। 

triton college

एडिलेड मैदानमा सुरु भएको रातो बलको खेल महामारीपछि इन्डिया र अस्ट्रेलियाको पहिलो खेलसमेत हो। विभिन्न फर्म्याटका क्रिकेटका लागि अस्ट्रेलिया र इन्डिया लामो समयबाट परस्पर प्रतिद्वन्द्वीका रुपमा चिनिन्छन्। भारतको अस्ट्रेलिया भ्रमणका दौरान पनि यो कथन सिद्ध गरेको छ।

सेतो बलमा यसअघि सम्पन्न समान ३–३ खेलको दुई शृंखलामा घरेलु टिम र पाहुना टिमले समान १–१ शृंखला जितेका छन्। जसमा एक दिवसीय शृंखला अष्ट्रेलियाले जित्यो भने टी–२० शृंखला भारतले।

त्यसमाथि जित पनि उस्तै। अस्ट्रेलियाले पहिलो शृंखलामा २–१ को जित निकाल्यो, दोस्रो शृंखलामा भारतले २–१ कै जित निकाल्यो।
यसकारण सेतो बलमा बराबरी देखिएका टोली रातोमा चाहिँ को बलियो भन्ने प्रश्नको निर्क्योलसमेत जारी शृंखलाले गर्नेछ।

त्यस्तै, सन् २०१३ मा शेन वाट्सनले शिखर धवनलाई जिस्क्याएको प्रसंगका साथै २०१४–०१५ मा डेबिड वार्नरले कोहलीमाथि टिप्पणी गरेको कुराले भारत र अस्ट्रेलियाको क्रिकेट सम्झाइरहन्छ।

corrent noodles
Metro Mart

२००४ को एउटा मानसिक असन्तुलनग्रस्त खेलदेखि फिलिप ह्युग्सको मृत्युपछि पनि अपरिपक्व विवादसम्म यी दुई टिमबीचको प्रतिद्वन्द्विता बयान गर्छ।

यसैमध्येको एक खेलका लागि डेविड वार्नरले जरिवाना तिर्नुपरेको थियो भने कोहलीले आफ्नो बचाउ गर्दै अपरिपक्व व्यवहार नगरेको बताएका थिए।

यस्ता कुराहरु देखिइरहेका बेला भइरहेको खेलमा इन्डियाले अहिले टस जितेर ब्याटिङ रोजेको छ। अब इन्डियन समर्थकका लागि यो कुरा महत्वपूर्ण छ कि उसले कति समयसम्म विकेट बचाउन सक्नेछ र धेरैभन्दा धेरै रन बनाउने छ। अर्थात् प्रत्येक टेस्ट खेलमा पहिलो इनिङ धेरै महत्वपूर्ण हुने गर्छ।

यही महत्वपूर्ण इनिङको पर्खाइको आज पहिलो दिनको खेल जारी छ। यो टेस्ट क्रिकेटको अर्को महत्वपूर्ण पक्ष हो डे–नाइट म्याच। भारतले अहिलेसम्म एकमात्र डे–नाइट खेलेको छ, एक वर्षअघि। बंगलादेशसँगको सो खेल कोलकात्ताको इडन गार्डेन मैदानमा भएको थियो। जहाँ भारतले एक पारी र तीन रनको जित निकाल्यो।

जहाँ कप्तान कोहलीले शतकीय इनिङ खेलेर डे–नाइट क्रिकेटमा शतक बनाउने पहिलो इन्डियन क्रिकेटर बनेका थिए।

अर्कोतिर अहिले भारतले प्रतिस्पर्धा गरिरहेको अस्ट्रेलियाले सात डे–नाइट टेस्ट खेलिसकेको छ। जसमा उसले शतप्रतिशत जित निकालेको छ।

रमाइलो कुरा त यो छ कि विश्वमा जम्मा १४ डे–नाइट म्याच हुँदा कुनै खेलमा नतिजाविहिन र बराबरी भएका छैनन्। यसकारण डे–नाइट खेल दुवै टिमका लागि उच्च प्रतिस्पर्धात्मक र दबाबपूर्ण हुनेछ।

चलिरहेको टेस्ट क्रिकेटपछि भारतको टिममा एउटा ठूलो बदलाव आउने छ। जहाँ कप्तान विराट कोहली घर फर्कने छन्। र, टिम अजिंक्य रहाणेको कप्तानीमा रहनेछ।

यता, भारतका विस्फोटक ब्याट्सम्यान रोहित शर्मा दोस्रो टेस्टबाट अस्ट्रेलियाविरुद्ध सहभागी हुने छन्। उनी आईपीएलपछि चोटका कारण मैदानबाहिर थिए।

तर विराटसँगको मौन विवाद चलिरहेको समयमा उनी बाहिर हुनुलाई पनि महत्वका साथ हेरिएको छ। किनभने अस्ट्रेलिया भ्रमणको समयमा शर्माको चोटबारे कप्तान विराटले आफू अनभिज्ञ रहेको बताएका थिए।

यता, भारतीय क्रिकेट पण्डितको तर्क छ– टोलीमा पर्नसक्ने कुनै सदस्यको चोटबारे कप्तानलाई जानकारी हुनपर्ने हो। जे होस्, कोहली इन्डिया फर्किएपछि रोहितको ब्याटिङ र रहाणेको कप्तानी इन्डियन टिमको केन्द्रमा रहनेछ।

यसकारण, पहिलो टेस्टमा कप्तान कोहलीबाट रहाणेले कति सिक्न सके, त्यो कुरा पनि बाँकी तीन खेलमा देख्न सकिनेछ। अजिंक्य रहाणेका लागि बाँकी खेल आगामी दिनमा टिमसँग जोड्ने सेतुका रुपमा रहनेछ।

सेतु कायम राख्ने वा भत्काउने उनको कौशलले निर्धारण गर्नेछ किनभने उनी धेरै पटक इन्डियन टिममा बाहिर–भित्र गरिसकेका खेलाडी हुन्। यता विराट कोहलीले पनि पहिलो म्याचमा आफूलाई सावित गर्नुपर्ने दबाब छ, किनभने उनी बाँकी टेस्ट खेल्ने छैनन्।

कोहलीले एडिलेड मैदानमा ७१.८३ औसतका साथ ४३१ रन बनाएका छन्। यता, अस्ट्रेलियाको साथमा घरेलु मैदान छ। खेलाडीकै भाषामा भन्ने हो भने घरेलु मैदानमा १२ औं खेलाडी हो। यसकारण आयोजक टिमलाई खेल जित्न कम दबाब हुनेछ।

अझ अष्ट्रेलियन टिमका साथ ब्याट्सम्यान स्टिभ स्मिथ मैदान फर्किएका छन्। सिनियर खेलाडीको महत्वपूर्ण भूमिका रहने टेस्टमा स्मिथको प्रदर्शन अष्ट्रेलियाको केन्द्रमा रहने छन्।

भारतविरुद्ध सुरुवाती दुई एकदिवसीयमा आक्रामक ब्याटिङ गरेका स्मिथको लय कायम छ, तर उनी कम्मरको चोटका कारण घाइते पनि उत्तिकै छन्।

यसो भनिरहँदा जोय बर्नस र म्याथ्युज वाडेको ओपनिङ जोडी अस्ट्रेलियाको सानदार सुरुवात गर्न कम छैन। उनीहरुलाई साथ दिने मार्नुस लबुसेन, स्टिभ स्मिथ र ट्रेविस हेडको मिडल अर्डर ब्याट्सम्यानले जारी प्रतियोगितामा अस्ट्रेलियाको आशा उच्च बनाउँछ।

अझ, स्मिथले बनाएको लगातार दुई शतकले भारतलाई त्रसित बनाएको छ। त्यस्तै, बलर पट कमिन्स, मिचेल स्टार्क र जोश हेजलवुड खेलमा सामेल छन्।

मिचेल स्टार्कले त डे–नाइट खेलमा रातो बलले ४२ विकेट चट्काएका छन्। यति हुँदाहुँदै अष्ट्रेलियन टिमका डेविड वार्नर कति शक्तिशाली ब्याट्सम्यान हुन् भन्ने भुल्न हुँदैन।

उनी खेललाई फर्काउनसक्ने क्षमता राख्छन्। तर चोटका कारण खेलमा उपस्थित नहुनु चाहिँ घरेलु टिमका लागि घाटा र पाहुना टिमका लागि फाइदाजनक हुनेछ।

डे–नाइट क्रिकेटमा त वार्नरले ३३५ रनको रेकर्डसमेत बनाइसकेका छन्। खेलअघि इन्डियन कप्तान कोहलीले भने, ‘यो पाँच दिनमा घरेलु समर्थकले हामीलाई धेरैभन्दा धेरै साह्रो पार्नेछन्। तर हामी पनि घरेलु टिमलाई सक्दो समस्यामा ल्याउन तयार छौं। यो नै टेस्ट क्रिकेटको ब्युटी हो।’

साथै कोहलीले जारी खेललाई हाइ भोल्टेजको खेलको उपमा दिएका छन्। उनले कारण दिँदै भनेका छन्, ‘दुवै टिममा गुणस्तरीय खेलाडी छन्। उनीहरु आफ्नो देशका लागि प्रदर्शन गर्न भोका छन्। धेरै वर्षदेखि जस्तो प्रतिस्पर्धा भइरहेको छ, त्यस्तो प्रतिस्पर्धा फेरि हुँदैछ।’

तर, जारी खेलको पहिलो इनिङमा भारतले खराब सुरुवात गर्दै ३२ रनमा दुई र सय रनमा तीन विकेट गुमाएको छ। जहाँ चेतेश्वर पुजाराले ४३, मयंक अग्रवालले १७ रन बनाए भने पृथ्वी श दुई बल सामना गरेर खाता खोल्न नसक्दै बाहिरिएका छन्।

–एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Dec 17, 2020| 11:32 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।