काठमाडौं– श्रममन्त्री गौरीशंकर चौधरीले नेपालमै रोजगारीको क्षेत्र बढाउन सौत प्रदेशमा सीपमूलक तालिम केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिएका छन्।
नेपाल ट्रेड युनियन महासंघ राष्ट्रिय कार्यकर्ता भेलामा बिहीबार सम्बोधन गर्नै उनले मन्त्रालयले आफ्नै स्वामित्वमा सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने तयारी गरिरहेको बताएका हुन्।
उनले भने, ‘त्यसपछि धेरैलाई रोजगारीमा लगाउन सकिनेछ। हामीले त्यसका लागि जमिन खोज्ने काम गरिरहेका छौं।’
उनले श्रमिकहरूको समस्या समाधानका लागि अध्ययन भइरहेको बताए।
उनले भने, ‘७७ वटै जिल्लामा श्रमिकका लागि सहज हुने हिसाबले श्रम कार्यालय स्थापना गर्न सकिन्छ कि भनेर अध्धयन गर्दै छौं।’
उनले वैदेशिक रोजगारीलाई पनि प्रभावकारी बनाउने विषयमा पनि मन्त्रालयले अध्ययन गरिरहेको बताए।
मन्त्री चाैधरीले भने, ‘श्रमिकको सुरक्षालाई हामीले ध्यानमा राखेर विभिन्न देशसित छलफल गर्दैछौं।’