सुर्खेत– सुर्खेतमा पहिलो चरणमा २८ सय जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयको कार्यतालिका अनुसार माघ २० गतेसम्म खोप लगाई सकिने छ। जसअनुसार वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाका फन्टलाइनर्सलाई प्रदेश अस्पताल र मेहलकुना अस्पतालमा भेरीगंगा र गुर्भाकोटका नगरपालिकाका १६ गतेसम्म खोप लगाइ सकिने छ।
त्यस्तै १७ गते लेकवेशी नगरपालिका, १८ गते चिङ्गाड गाउँपालिका, १९ गते पञ्चपुरी नगरपालिका र २० गते चौकुने गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य प्रमुख चेतननिधी वाग्लेले जानकारी दिए।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने छ।