बुधबार, वैशाख १२, २०८१

महालक्ष्मी विकास बैंकका ऋणीलाई व्याजदरमा सहुलियत

महालक्ष्मी बिकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यबसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान  गर्ने जनाएको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– महालक्ष्मी बिकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यबसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान  गर्ने जनाएको छ।

triton college

यसका लागि नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर्कर्जा कार्यविधि अन्र्तगत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याजदर घटाई ५ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ।

यसरी पुनर्कर्जा सुबिधाका लागी कोभिड १९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका बिपन्न बर्र्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको बैंकले जनाएको छ । 

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ । 
 

प्रकाशित: Dec 16, 2020| 09:58 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्