शनिबार, वैशाख ८, २०८१

एन्ड्रोइड र आईओएसमा स्टप ग्य्राबको एप सार्वजनिक

स्टप ग्य्राबले एन्ड्रोइड र आईओएस प्लेटफर्ममा आफ्नो एप सार्वजनिक गरेको छ ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– स्टप ग्य्राबले एन्ड्रोइड र आईओएस प्लेटफर्ममा आफ्नो एप सार्वजनिक गरेको छ । उक्त एप मार्फत ग्राहकले ५०० भन्दा बढी बिक्रेताबाट सर्वसुलभ रुपमा सामान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

यसबाट विभिन्न लत्ताकपडा, घर सजावटका सामग्री, ग्रोसरी, कस्मेटिक तथा विभिन्न भेराइटीका सामग्रीहरु खरिद गर्न सकिनेछ। यो एप सार्वजनिक गरेको उपलक्ष्यमा स्टप ग्य्राबले डिसेम्बर २४, २०२० सम्म डाउनलोड र रजिस्टर गर्ने ग्राहकमध्ये एक ग्राहकलाई आईफोन १२ पुरस्कार दिने घोषणा गरेको छ । 

साथै डिसेम्बर २४, २०२० देखि जनवरी १, २०२१ सम्म विभिन्न बैंकहरुको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म क्यास व्याक तथा क्यास खरिदमा ८० प्रतिशत सम्मको छुट पाइनेछ ।
 

प्रकाशित: Dec 16, 2020| 09:55 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्