काठमाडौं– नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ ।
यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो ईसेवा खाता भाइबरसँग लिंक गरी टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् । यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको छ । यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत वा अधिकतम रु. सयसम्म क्यास ब्याक पाउनेछन् ।
यस्तै रु. ५० ट्रान्सफर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ । यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका मिल्ने बताइएको छ । बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोकगर्ताले ल्यापटप उपहार पाउनेछन् ।