शुक्रबार, वैशाख ७, २०८१

सोझो गाउँलेको ‘बालो जोबन’मा आञ्चलिकताको स्वाद

सुदूरपश्चिम तथा मध्यपश्चिम प्रदेशको स्थानीय लवजमा लेखिएको ‘बालो जोबन’ बोलको गीतलाई आधुनिक लयमा ढाल्ने प्रयास गरिएको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं–
केटीः बालो जोबन सुम्प्याँ मैले बाला साइका हात, 
केटाः  ज्यान गया लै मेरी सुवा छोड्न्याँ छैन साथ।

triton college

सुदूरपश्चिम तथा मध्यपश्चिम प्रदेशको स्थानीय लवजमा लेखिएको ‘बालो जोबन’ बोलको गीतलाई आधुनिक लयमा ढाल्ने प्रयास गरिएको छ। 

संयोग शृङ्गार भावको बालो जोबन गीत युटुबमार्फत सार्वजनिक गरिएको हो। गीतका शब्द सुदूरपश्चिम जन्मथलो भएका युवा कवि सोझो गाउँलेले लेखेका हुन्। 

गीतमा स्वर र संगीत सुदूरपश्चिमकै युवा गायक एवम् संगीतकार विष्णु भट्टले दिएका छन्।  भट्टलाई स्वरमा साथ दिएकी छन् गायिका अन्नु चौधरीले।  

केशव गिरीले गीतलाई बजारमा ल्याएका हुन् । गीतको भिडियो याम गुरुङको निर्देशन गरेका छन् भने वीरेन्द्र भाट ‘विपिन’ले सम्पादन गरेका हुन्।  

corrent noodles
Metro Mart

महेश महराले छायांकन गरेको गीतमा  रक्षा थापा,  रानी राई, रंगकर्मी जीवनजंग थापा र चिकित्सक राजु गिरीले अभिनय गरेका छन्। 

आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्दै समय परिस्थिति अनुसार त्यसलाई परिवर्तन र परिमार्जन गर्दै जानुपर्छ भन्ने मान्यताका साथ देउडामा नयाँ प्रयोग गरिएको गीतमा लागानी गरेको निर्माता गिरीको भनाइ छ। 

कविको रूपमा मात्र चिनिएका सोझो गाउँलेको यो  पहिलो गीत हो । 

प्रकाशित: Dec 16, 2020| 05:49 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।