शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • छानबिन समितिले प्रतिवेदन आइसकेपछि जुनसुकै अडान लिन तयार छौंः गृहमन्त्री

छानबिन समितिले प्रतिवेदन आइसकेपछि जुनसुकै अडान लिन तयार छौंः गृहमन्त्री

गृहमन्त्री बालकृृष्ण खाँडले महाकाली घटनामा सरकार गम्भीर रहेको बताएका छन्। सोमबार राष्ट्रिय सभामा धारणा व्यक्त गरेपछि सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकार महाकाली घटनामा गम्भीर रहेको बताएका हुन्।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं– गृहमन्त्री बालकृृष्ण खाँडले महाकाली घटनामा सरकार गम्भीर रहेको बताएका छन्। सोमबार राष्ट्रिय सभामा धारणा व्यक्त गरेपछि सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकार महाकाली घटनामा गम्भीर रहेको बताएका हुन्। 

triton college

मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति गठन गरेकाले समितिले प्रतिवेदन नदिँदासम्म छानबिनलाई प्रभावित गर्ने गरी धारणा सार्वजनिक नगर्ने बताए। प्रतिवेदन आइसकेपछि त्यसमा टेकेर सरकार जुनसुकै अडान लिन पनि तयार रहेको उनको भनाइ थियो। 

'आम नागरिकले आफ्ना विचार व्यक्त गर्ने ती विचारहरुलाई हामीले गम्भीरतापूर्वक लिनुपर्नेछ। हामीले छानबिन समिति बनाइसकेकोले छानबिनमा प्रभाव पार्ने गरी राय दिन मिल्दैन,' उनले भने, 'प्रतिवेदन आइसकेपछि प्रतिवेदनमा उल्लेख भएका कुरामा अडान लिन तयार छौं। त्यसका लागि आवश्यक पहल गर्ने निर्णय र धारणा सार्वजनिक गर्ने र अघि बढ्ने कुरामा नेपाल सरकार प्रतिवद्ध छ।'

गत शुक्रबार दार्चुलाको मालघाटस्थित महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी काटिदिएपछि जयसिंह धामी नदीमा बेपत्ता भएका छन्।

प्रकाशित: Aug 02, 2021| 14:01 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...