शुक्रबार, वैशाख ७, २०८१

दूध बिक्न छाडेपछि किसानलाई दैनिक १३ लाख घाटा 

 विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

इलाम- विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ। 

triton college

‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान मर्कामा परेका छन्।  

पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको छ। दूध बिक्न छाडेपछि विशेषगरी व्यावसायिकरूपमा गाईपालनमा लागेका किसानलाई समस्या भएको छ।

एकातिर किसानले उत्पादन गरेको दूध खेर गइरहेको छ भने अर्कातिर पारिवारिक खर्च टार्न धौधौ भएको छ। दूध बेचेरै परिवार चलाउने किसानलाई गुजारा गर्न गाह्रो भएको छ। 

‘दुई वटा गाईको झण्डै १५ लिटर दूध बेच्थेँ । अहिले दूध नबिक्दा समस्या भएको छ,’ सन्दकपुर गाउँपालिकाका किसान बालकृष्ण खनालले भने। उनले आफ्नो मुख्य आर्थिक स्रोत नै दूध भएको र यही दूध नबिक्दा  समस्या भएको बताए। 

corrent noodles
Metro Mart

विराटनगर आयोजनाले दैनिक सरदर ३० हजार लिटर दूध खरिद गर्छ। त्यसको ७५ प्रतिशतभन्दा बढी इलामबाट आपूर्ति हुने गरेको छ। आयोजनाले रसायनको अभाव देखाएर दूध खरिद नगर्दा इलामको किसानले मात्रै दैनिक १३ लाखभन्दा बढी नोक्सानी व्यहोर्नु परिरहेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष हेमराज कट्टेल बताउछन्। 

पूर्वको धनकुटा, तेह्रथुम, मोरङ, सुनसरीबाट पनि आयोजनाले दूध खरिद गर्दै आएको छ। एक हप्तादेखि आयोजना बन्द गरिएकाले पूर्वका किसानले एक करोडभन्दा बढी नोक्सानी खेप्नुपरिरहेको छ। आयोजना कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ। 

आयोजनाले यसपटक रसायन अभाव देखाएर दूध खरिद नगरे पनि यसअघि पनि विभिन्न वहानामा अघोषित ‘मिल्क होलिडे’ गर्दै आएको संघका अध्यक्ष कट्टेलले बताए। 

आपूर्तिकर्ताले भन्सारमै रसायन अड्किएको भनेर नल्यादिएकाले दूध प्रशोधन गर्न नसकिएको विराटनगर दूग्ध वितरण आयोजनाका सहायक प्रबन्धक महेन्द्र रायले बताए।  

प्रकाशित: Dec 16, 2020| 01:35 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्