शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा युवा–विद्यार्थीको दबाब– सरकार ५ वर्ष चल्नुपर्‍यो, पार्टी फुट्नुभएन

नेकपा युवा–विद्यार्थीको दबाब– सरकार ५ वर्ष चल्नुपर्‍यो, पार्टी फुट्नुभएन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवा–विद्यार्थीले सरकार ५ वर्ष चल्नुपर्ने बताएका छन्।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

विराटनगर– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवा–विद्यार्थीले सरकार ५ वर्ष चल्नुपर्ने बताएका छन्। उनीहरुले पार्टी विभाजन नगरी सरकार ५ वर्ष चल्नुपर्नेमा जोड दिएका छन्। 

triton college

विराटनगरमा मंगलबार आयोजित नेकपाको युवक संगठन राष्ट्रिय युवा संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले सरकार कुनै पनि हालतमा पाँच वर्ष टिक्ने भन्दै पार्टी फुट्न नदिन युवाहरु एक भएर लाग्नुपर्ने बताए। उनले पार्टी एकता कसैको स्वार्थ पूरा गर्न नभई नेपाली जनताको चाहना र आवश्यकता पूरा गर्नको निम्ति भएको बताए। 

नेकपा केन्द्रीय सदस्य तथा मोरङ सहइन्चार्ज महेश रेग्मीले पार्टीमा गम्भीर सकंट देखा परेकोले यसको समाधानमा युवाहरुलाई एक भएर लाग्न सुझाव दिए। अर्का केन्द्रीय सदस्य शिवकुमार मण्डलले पार्टीको सञ्चालन विचार र विधिबाट हुनुपर्ने प्रष्ट पार्दै सरकार जनताका हितमा केन्द्रित रहनुपर्ने बताए। 

प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले विधि र पद्धतिबाट सञ्चालन भएमात्र पार्टी दीर्घजीवी हुने बताए। प्रदेश सभा सदस्य कुशल लिम्बुले सरकारले जनालाई न्याय दिन नसकेको र पार्टीलाई पनि व्यवस्थित गर्न नसकेको बताए। 

मोरङ ओली निकट विद्यार्थी र युवा संगठनले गुटगल भेला शुरु गरेपछि प्रचण्ड–नेपाल समूहले पनि गुटगल भेला शुरु गरेको छ। ओली समूहले शनिबार मोरङको सुन्दरहरैचमा भेला गरेको थियो। प्रचण्ड–नेपाल समूह आइतबार झापाको दमक र मंगलबार विराटनगरमा युवा–विद्यार्थीको भेला गरेको हो। 

corrent noodles
Metro Mart


 

प्रकाशित: Dec 15, 2020| 11:45 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।