शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अध्यादेश प्रकरण : नेकपा सचिवालयका बहुमत सदस्य दाहाल निवासमा  

अध्यादेश प्रकरण : नेकपा सचिवालयका बहुमत सदस्य दाहाल निवासमा  

वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबीच अहिले खुमलटारमा छलफल भइरहेको छ। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि सत्तारुढ दलभित्रको विवाद थप चर्किएको छ। 
अध्यादेशको सत्तारुढ नेकपाभित्रै तीव्र विरोध भएको छ। 

triton college

सचिवालयका बहुमत सदस्यहरु नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न खुमलटार पुगेका छन्। 

नेताहरूबीच अध्यादेश जारी भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे र भावी रणनीतिबारे छलफल हुने बताइएको छ। 

कार्यकारी अध्यक्ष  दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबीच अहिले खुमलटारमा छलफल भइरहेको छ। 

नेताहरुबीच अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्न लागिएको दाहाल निकट स्रोतले बतायो।

corrent noodles
Metro Mart

प्रधानमन्त्री ओलीले मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश ल्याउने निर्णय गरेपछि विवाद चर्किएको हो। 

आजै राष्ट्रपतिले सरकारले सिफारिस गरेको अध्यादेश जारी गरेकी थिइन्। प्रमुख प्रतिपक्षी दलले पनि यसप्रति कडा विराेध जनाएकाे छ।

प्रकाशित: Dec 15, 2020| 11:03 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।