बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • वायुसेवा निगमको १० वर्षे व्यावसायिक योजना सार्वजनिक, चार वर्षभित्र नाफामा जाने प्रक्षेपण  

वायुसेवा निगमको १० वर्षे व्यावसायिक योजना सार्वजनिक, चार वर्षभित्र नाफामा जाने प्रक्षेपण  

नेपाल वायु सेवा निगमले १० वर्षे व्यावसायिक योजना सार्वजनिक गरेको छ। 
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– नेपाल वायु सेवा निगमले १० वर्षे व्यावसायिक योजना सार्वजनिक गरेको छ। 

triton college

निगमले सोमबार पर्यटनमन्त्री योगेश भट्टराईलाई सन् २०२१ देखि २०३० सम्मको व्यवसायिक योजना समेटिएको प्रतिवेदन बुझाएको हो।

योजनामा निगम अबको तीन वर्षसम्म घाटामै चल्ने उल्लेख गरिएको छ। तर, सन् २०२४ बाट नाफामा जाने र २०३० मा ५ अर्ब ३० करोड मुनाफा हुने प्रक्षेपण गरिएको छ। 

योजनामा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ। 

नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडानतर्फ  सिड्नी, कोलम्बो, संघाई, इन्डोनेसिया, रियादलगायत ८ नयाँ गन्तव्य थप्नुपर्ने पनि योजनामा उल्लेख गरिएको छ। 

corrent noodles
Metro Mart

नयाँ गन्तव्यको लागि चारवटा न्यारो बडी र दुईवटा वाइड बडी जहाज आवश्यक पर्ने निगमले जनाएको छ। 

त्यस्तै, काठमाडौंका साथै नेपालगन्ज, पोखरा र विराटनगरलाई केन्द्र बनाएर पहाडी क्षेत्रमा उडान बढाउनुपर्ने पनि निगमको व्यावसायिक योजनामा उल्लेख छ। 

१५औँ पञ्चवर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, हवाई नीति ०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस र विगतमा तयार भएका व्यावसायिक योजनालाई आधार बनाएर प्रतिवेदन तयार पारिएको महाप्रबन्धक प्रकाश पौडेलले जानकारी दिए। 

योजनामा निगमको वित्तीय अवस्था, बजार विश्लेषण, कोभिड–१९ ले निगममा पारेको असर, सरकारबाट गरिएको अपेक्षालगायतका विषयवस्तुलाई उल्लेख गरिएको छ।

योजनाको प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गर्न नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिएका छन्। 

उनले चुहावट नियन्त्रण मात्रै गर्न सके सरकारले राष्ट्रिय ध्वजावाहक हुनुको नाताले निगमलाई सहुलियत प्रदान गर्ने पनि बताए।
 

प्रकाशित: Dec 14, 2020| 11:05 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्