काठमाडौं - आगामी तीन दिनसम्म प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले दिउँसोसम्म हिमपात हुने भए पनि राति भने मौसम सामान्यतया सफा रहने जनाएको छ।
आज प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ।
माघ १४ र १५ गते पनि प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ।
यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने र तराईका जिल्लाहरुमा बिहानीपख हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ।