बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचारीको अनुहारसमेत हेर्दिनँ भन्ने प्रधानमन्त्रीकै कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार : पौडेल

भ्रष्टाचारीको अनुहारसमेत हेर्दिनँ भन्ने प्रधानमन्त्रीकै कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार : पौडेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार भएको बताएका छन्।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार भएको बताएका छन्।

triton college

रत्नपार्कमा पार्टीले आयोजना गरेको विरोध कार्यक्रममा उनले अहिले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको बताए।

‘भ्रष्टाचारको कथा त भनिसाध्य छैन। यो सरकार भ्रष्टाचारमा डुबिसकेको छ,’ उनले भने, ‘त्यो हामीले भनिरहन परेन। नेकपाको सचिवालयका बहुमत नेताहरुले भनिसकेका छन् अहिलेको सरकार भष्टाचार र असफल भयो भनेर।’ 

सत्ता र शक्तिले मानिसलाई भ्रष्ट बनाउने भन्दै उनले प्रधानमन्त्री कार्यालय सबैभन्दा भ्रष्ट भएको बताए। ‘यो राज्यको ढुकुटी मासेर कार्यकर्ता पोस्ने, स्थानीय र प्रदेशको अधिकार खोसेर कार्यकर्ता मार्फत सोझै पैसा पठाउने र मेरो पार्टीमा आउ भन्ने गाईजात्रा भएको छ,’ उनले भने, ‘कम्युनिष्ट सरकारले लोकतन्त्रको धज्जी उडाउने काम गरेको छ। सत्ताको दुरुपयोग गर्ने कुरा नेपालमा भइरहेको छ। सडकमा जतासुकै असन्तोष छल्किएको छ।’

अहिले सडकमा व्यवस्थाका विरुद्ध जथाभावी उल्टासुल्टा नारा लाग्ने गरेको भन्दै उनले यो अहिलेको सरकारको कमजोरी भएको बताए।

corrent noodles
Metro Mart

‘७० वर्षसम्म लडेर ल्याएको संविधान खलबलाउने दुस्साहस हुने गरेको छ। अहिले सबैभन्दा बढी चिन्ताको विषय पनि यही बनेको छ,’ उनले भने, ‘लोकतन्त्रलाई खलबलाउने प्रयास भइरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको छ।’

वरिष्ठ नेता पौडेलले सर्वसत्तावादी कम्युनिष्ट, प्रतिगामी तत्व र हिजोकै माओवादीको अर्को रुप विप्लवले यी सबै कार्य गर्दै आइरहेको बताए। 

‘लोकतन्त्रलाई टिक्न नदिने, लोकतन्त्र सहन नसक्ने, लोकतन्त्रलाई आत्मसात् गर्न नसक्ने यिनै तत्वहरु हुन्,’ उनले भने ।समावेशिता, लोकतन्त्र र गणतन्त्रलाई संकटमा पार्ने काम भइरहेको भन्दै उनले देशमा सर्वसत्तावाद हावी भएको बताए। 

न्यायालयदेखि हरेक क्षेत्रमा आफ्ना कार्यकर्ताहरु भर्ति गर्ने काम भइरहेको भन्दै उनले राज्यलाई कब्जा गर्ने काम कम्युनिष्ट सरकारले गरिरहेको आरोप लगाए। ‘सरकार कम्युनिष्ट पार्टीको होला तर देश र राज्य त कम्युनिष्ट होइनन् नि। त्यसतर्फ लैजाने दुस्साहस अहिले भइरहेको छ,’ उनले भने।

प्रकाशित: Dec 14, 2020| 10:24 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।