काठमाडौँ- चन्द्रागिरीको मसिने भीरबाट मिनिट्रक खस्दा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका लेखापाल अन्दाजी २३/२४ वर्षका सिन्धुली घर भएका मनीष कार्की र ट्रक चालकको मृत्यु भएको हाे।
चालकको पहिचान हुन नसकेको थानकोट प्रहरी वृत प्रमुख डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। उनले ट्रकमा कति जना सवार थिए भन्ने खुल्न नसकेको र घाइतेको उद्धार भइरहेको घटनास्थलबाट नेपाल समयलाई जानकारी दिए।
उनका अनुसार सडकबाट ट्रक र मृतकहरुको शव देखिएको र त्यसलाई निकाल्ने प्रयास भइहेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
निर्माण सामग्री बोक्ने गरेको ना २ क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको छ।