पर्सा– पर्सामा उधारो खाएको रकम नदिँदा भएको कुटाकुटमा एक युवकको मृत्यु भएको छ।
उधारो खाएर पैसा नदिँदा भएको विवादमा कुटपिट हुँदा सखुवा प्रसौनी गाउँपालिका–१ सथवल निवासी २४ वर्षीय उमेश ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको रंगपुर टाडी निवासी ३० वर्षीय आनन्ददास थारू र ठाकुरबीच कुटाकुट भएको थियो।
थारूको आक्रमणले गम्भीर घाइते भएका ठाकुरलाई गत बुधबार वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा उनको अस्पतालमा मृत्यु भएको आफन्त शुभनारायण ठाकुरले बताए। मृतक ठाकुर केही समयपहिला रंगपुर टाँडीस्थित रहेको थारूको नास्ता पसलमा उधारो खाएका थिए।
सोही उधारो रकम नदिएको आक्रोशमा थारूले मोफलर समाएर घाँटी थिचेका थिए। उपचारकै क्रममा तीन दिनपछि मृत्यु भएको हो।