काठमाडौं– मोटोरोलाले मोटो जि–नाइन–प्ले र मोटो ई–सेभेन–प्लस सार्वजनिक गरेको छ।
कल मोबिलिटी प्रा.लि.ले मोटोरोला स्मार्टफोनलाई नेपाली बजारमा पुनरागमन गराएको हो।
मोटो जि–नाइन–प्लेमा ४८ मेगापिक्सलको ट्रिपल क्यामेरा प्रणाली र २० वाटको टर्बो पावर चार्जिङ भएको ५००० एमएएचको ब्याट्री छ। यसको मूल्य १९ हजार ९९० तोकिएको छ।
४ जीबीको साथमा १२८ जीबी र्याम भएको जी–नाइन–प्ले इलेक्ट्रिक ब्लू रंगमा उपलब्ध छ।
मोटो ई–सेभेन–प्लसमा ४८ मेगापिक्सलको क्यामेरा छ। यसको मुख्य क्यामेरामा नाइटभिजन मोडसमेत छ। यसमा पनि ५००० एमएएच क्षमताको ब्याट्री छ। ई–सेभेनको मूल्य १६ हजार ५९० रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ।
यसमा ४ जीबीको साथमा ६४ जीबी र्याम छ भने मिस्टी ब्लू रंगमा उपलब्ध छ।
स्मार्टफोन सार्वजनिक गर्दै मोटोरोला –भारत र सार्क राष्ट्रका प्रबन्ध निर्देशक प्रशान्त मणिले विश्वप्रसिद्ध ब्राण्ड, गुणस्तरीय, किफायती र उचित मूल्य भएका कारण दुवै सेट नेपाली उपभोक्ताले रुचाउने बताए।
दुवै स्मार्टफोन सेटमा एक वर्ष तथा ब्याट्री र चार्जरमा ६ महिना वारेन्टी दिइएको कम्पनीले जनाएको छ।