धनगढी- अछाममा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।
इजाजत पत्र प्राप्त नगरी घरमा लुकाइछिपाइ राखेको अवस्थामा भरुवा बन्दुकसहित कमलबजार नगरपालिका-१ का ४१ वर्षीय बलबहादुर कसेरालाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ।
कसेराको घरबाट दुई नाल भरुवा बन्दुक बरामद गरिएकाे छ। अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।