शनिबार, वैशाख ८, २०८१

कैलालीमा विरोध सभाको तयारी पूरा, गगन आउँदै

नेपाली कांग्रेस कैलालीले सोमबार धनगढीमा हुने विरोध सभाको तयारी पुरा भएको जनाएको छ।
 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

धनगढी-  नेपाली कांग्रेस कैलालीले सोमबार धनगढीमा हुने विरोध सभाको तयारी पुरा भएको जनाएको छ।

triton college

आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी कांग्रेस कैलालीले विरोध सभाको तयारी पूरा भएको जानकारी दिइएको हो।

दशैं तिहारपछि सरकारविरुद्ध आन्दोलन गर्ने नेपाली कांग्रेसको पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमाबार कैलालीमा बिरोध प्रदर्शन गर्न थालिएको कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले बताए ।

उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको प्रहरी दमन, कोरोना रोकथाम र संक्रमितको  उपचारमा सरकारको अव्यवस्था, भ्रस्टाचार   लगायतका विषयमा विरोध प्रदर्शन गरिने बताए ।

‘सरकारमा भ्रष्टचार र बेथिति बढ्दै गएको छ, महिला हिंसाका घटना समेत बढ्दै गएका छन्, र सरकारले यससम्बन्धमा कुनै काम गरेको छैन' सभापति नरनारायण शाह मनुले भने।

corrent noodles
Metro Mart

नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्न नसेको आरोप लागिरहेका बेला देशभर हुने विरोधका कार्यक्रम अन्तर्गत कैलालीमा पनि विरोधका कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिए। 

सोमवार धनगढीमा कांग्रेस केन्द्रीय सदस्य गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस्तै पूर्व मन्त्री रामजनम चौधरी,  कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सचेतक टेकबहादुर रैका र धनगढी उप–महानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले समेत विरोध सभामा सम्वोधन गर्ने छन्।

११ बजे धनगढीको चौराहाबाट सुरु हुने बिरोध र्‍याली पार्क चोकमा पुगेर सभामा परिणत हुने छ।

विरोध सभामा कैलाली जिल्लाका विभिन्न क्षेत्रबाट हजारौंको सहभागिता हुने आयोजकको दाबी छ।

प्रकाशित: Dec 13, 2020| 05:53 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।