शनिबार, वैशाख ८, २०८१

दाहाललाई भेट्न खुमलटार पुगे शंकर पोखरेल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सन्देश वाहकका रूपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेललाई खुमलटार पठाएका छन्।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद यतिखेर उत्कर्षमा पुगेको छ।

triton college

सचिवालयमा टुंगो लाग्न नसकेको विवाद अहिले स्थायी कमिटीमा प्रवेश गरेको छ। 

२१ मंसिरमा स्थायी कमिटी बैठक सुरु भएको थियाे। उक्त दिनको बैठकमा सचिवालयमा दुवै अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवेदन स्थायी कमिटीका सदस्यहरूलाई अध्ययनका लागि बाँडिएको छ। 

सात दिनको यो अवधिमा नेताहरूबीच सहमतिका लागि छलफल भए पनि ठोस सहमति भइसकेको छैन। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका लागि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सम्झौता गरेर अघि बढ्ने रणनीति बनाए पनि त्यो प्रभावकारी हुन सकेन।

corrent noodles
Metro Mart

बुधबार उनले कार्यकारी अध्यक्षसँग छलफल गरे पनि कुनै निष्कर्ष निस्कन सकेन। दाहाललाई मनाउन आफू निकटका नेताहरूलाई खुमलटारमा पठाए पनि दाहाल तत्कालै ओलीका प्रस्तावमा सहमति हुन सक्ने संकेत देखाएका छैनन्।

सात दिन स्थगित गरेर आइतबारदेखि पुनः सुरु हुन लागेको स्थायी कमिटीको बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सन्देश वाहकका रूपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेललाई खुमलटार पठाएका छन्।

पोखरेल खुमलटार पुगेर कार्यकारी अध्यक्ष दाहालसँग करिब आधा घन्टा छलफल गरेका छन्। खुमलटार स्रोतका अनुसार पोखरेलले अध्यक्ष दाहाललाई पार्टीभित्र देखिएको विवाद समाधानका लागि लचिलो हुन आग्रह गरेको र सहमतिका लागि आग्रह गरेको बुझिएको छ। 

जवाफमा दाहालले आफू सहमति र पार्टी एकता बचाउन गम्भीर रहेको भन्दै प्रधानमन्त्री ओली पनि गम्भीर बन्नुपर्ने धारणा राखेका थिए।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले पनि अध्यक्ष दाहालसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेटवार्ता गरेको पुष्टि गरे।

नेकपाभित्र देखिएको विवाद समाधानका लागि भन्दै नेताहरूले भेटवार्ता र छलफल तीव्र बनाए पनि ठोस सहमति बन्न सकेको छैन।

दाहाल-नेपाल पक्ष अब पार्टी कमिटी बैठकले नै निर्णय गर्ने बताइरहेका छन्। तर, ओली त्यसमा सहमत छैनन्। उनले प्रष्टरूपमा नै बहुमत र अल्पमतको खेलमा अघि बढे त्यो नै पार्टी विभाजनको औपचारिक निर्णय हुने चेतावनी दिँदै आइरहेका छन्।

यही विवादकै बीच पूर्व निर्धारित सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजेको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ।

प्रकाशित: Dec 12, 2020| 15:12 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।