बिहीबार, वैशाख १३, २०८१

वीरगंजमा पहिलो पाँच तारे रिसोर्ट सञ्चालनमा

प्रदेश २ मा पहिलो पटक पाँचतारे रिसोर्ट सञ्चालनमा आएको छ।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

वीरगंज- प्रदेश २ मा पहिलो पटक पाँचतारे रिसोर्ट सञ्चालनमा आएको छ।

triton college

वीरगंजका व्यवसायी सुनिल खेतानको एक अर्ब रुपैयाँको लगानीमा वीरगंज–१४ बहुअरीमा हिमाल वाटरपार्क एण्ड भिलेज रिसोर्ट सञ्चालनमा आएको हो।

भारतको चर्चित होटल ब्रान्ड क्लार्कले व्यवस्थापकीय जिम्मेवारी लिएको रिसोर्टमा ६० वटा आरामदायी कोठा, १५ सयदेखि २ हजार व्यक्ति अट्न सक्ने कन्भेन्सन हल, १५० देखि ३०० जना अट्ने चारवटा सभा हल, स्वीमिङ पुल, क्यासिनो, ओपेन एयर थियटर पार्क, ओपेन एयर किचेन, पार्किङ्ग स्थल, बगैंचा लगायत संरचना निर्माण गरिएको छ।

हाल रिसोर्टमा जन्मदिन, वैवाहिक वर्षगाँठ, वैवाहिक कार्यक्रमको बुकिङ खुला गरिएकोमा एक सातामा ५ वटासम्म कार्यक्रम सम्पन्न भएको उनले बताए। व्यवस्थापकीय पक्षको जिम्मा लिएको क्लार्कले १५ जना कर्मचारी नियुक्त गरेको छ भने रिसोर्टले नेपाली ५० जनालाई प्रत्यक्ष रोजगार दिने प्रारम्भिक चरणको तयारी रहेको छ।

३ वर्ष अगाडिदेखि निर्माण कार्य शुरू गरिएको यो रिसोर्ट दुर्ई बिघा क्षेत्रफलमा फैलिएको सञ्चालक खेतान बताउँछन्। नारायणी सिंचाइ डिभिजन नं ५ गण्डक बहुअरीभन्दा ७ सय मिटर पूर्व अवस्थित रिसोर्टले एक सातादेखि कन्भेन्सन हल र रेस्टुराँ सञ्चालनमा ल्याएको छ।

corrent noodles
Metro Mart

वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका खेतानले यसअघि कागज उद्योग र रेडियो व्यवसायमा लगानी गरेका थिए।

वीरगंजमा सुविधा सम्पन्न रिसोर्टको आवश्यकता महसुस गर्दै भारतको क्लार्क ब्रान्डले लखनउको पाँच तारे होटल अवधबाट जारी राखेको होटल फ्रेन्चाइजसँग नेपालमा पहिलो अन्तर्राष्ट्रिय चेन होटलको रूपमा हिमाल वाटर पार्क एन्ड भिलेज रिसोर्टलाई अनुबन्धित गरेको थियो। सम्पूर्ण सञ्चालनको जिम्मा चर्चित ब्रान्ड क्लार्कलाई नै दिने गरी होटलको गुणस्तरीयमा ध्यान दिइएको खेतानको भनाइ छ।

क्लार्कको पहिलो विदेशी प्रडक्ट भएकाले पनि अन्तर्राष्ट्रियस्तरको रिसोर्टको सुविधाले नेपाली ग्राहक तथा देश घुम्न आउने पर्यटकले सेवा सुविधाबाट फाइदा लिन सक्ने उनको विश्वास छ।

वीरगंजमा अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत सञ्चालन हुने दियालो लड्र्स प्लाजापछि यो दोस्रो लगानी हो। दियालोमा भारतीय फ्रेन्चाइज लड्र्स प्लाजाले प्रबन्धन हेर्दै आएको छ। जसमा वीरगंजका उद्योगी तथा नेता अनिल रुँगटाको लगानी छ। उक्त होटल चार तारे मापदण्डमा एक वर्षदेखि सञ्चालनमा छ।

तीन वर्षको अथक प्रयासपछि अहिले निर्माणको अन्तिम चरणमा हिमाल वाटरपार्क एण्ड भिलेज रिसोर्टमा ६० वटा कोठासहितको होटल ब्लकको काम जारी गरिएको छ।

आगामी ८ महिनामा होटल पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने खेतानको योजना रहेको छ। उनका अनुसार होटल ब्लक बनेपछि रिसोर्ट परिसरमा चारवटा एक्जुकेटिभ स्वीट्स, आठवटा एक्जुकेटिभ कोठा, आठवटा स्वीट्स, २६ वटा किङ र फुल फ्लेज्ड रेस्टुराँ सञ्चालनमा आउनेछ। पूर्ण रुपमा रिसोर्ट सञ्चालनमा आएपछि साढे ४ देखि ७ हजारसम्ममा आरामदायी कोठा बूक शुरू गर्ने रिसोर्टको तयारी छ।

प्रकाशित: Dec 12, 2020| 12:25 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्