बिहीबार, वैशाख १३, २०८१

तिलोत्तमाका विद्यालयमा स्थानीय पाठ्यक्रम

विद्यालय सुधार अभियान चलाएको तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ।
 |  शनिबार, मंसिर २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०७७

रुपन्देही- विद्यालय सुधार अभियान चलाएको तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ।

triton college

विद्यार्थीलाई नगरको समग्र अवस्था बारे जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा आएको हो। नगरपालिकाले स्थानीय पाठ्यक्रमको बारेमा विषय शिक्षकहरुलाई प्रबोधिकरणसमेत गराएको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उपसचिव गंगाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए। तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालय छन्।

पहिलो चरणमा कक्षा १ देखि ५ सम्म १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो। दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ। पाठ्यक्रममा नगरको भुगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्थालगायतका विषय समेटिएको छ।

स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहेकोले विद्यार्थीका लागि रुचीकर रहने पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसालले बताए।

corrent noodles
Metro Mart

स्थानीय पाठ्यक्रममा सरसफाईसँग सम्बन्धित ‘मेरो खल्ती : मेरो पहिलो डष्टबिन’ को अवधारणलाई पनि समेटिएको छ। पूर्णसरसफाईउन्मुख तिलोत्तमा नगरपालिकाले सरसफाईको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नैं दिनेगरी त्यसलाई पाठ्यक्रममा समेटको हो।

चक्लेट, बिस्कुट, चाउचाउलगायतका खोल जहाँ पायो त्यहीँ नफ्याँकी आफ्नै खल्तीमा राख्ने र पछि उचित ठाउँमा व्यवस्थापन गर्ने अवधरणा ‘मेरो खल्ती : मेरो पहिलो डष्टबिन’ को छ। यो अवधारणाको व्यवहारिक कार्यान्वयनले सरसफाईमा परिवर्तन आउने अपेक्षा गरिएको छ।

विद्यालयहरुले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन्। पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेको हो।

समितिले विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रुप दिएको संयोजक भुसालले बताए। पाठ्यक्रम निर्माण समितिका सदस्यहरुमा टंकप्रसाद पौडेल, खेमराज पाण्डे, रमेश ज्ञवाली र सदस्य सचिव शारदा भट्टराई रहेको छ।

प्रकाशित: Dec 12, 2020| 09:30 शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।