काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तीन अध्यक्षहरूको आज (शनिबार) बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते गर्ने निर्ण गरेको छ।
अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर जबरा र प्रकाशचन्द्र लोहनीबीचको छलफलले पुस ४ गते केन्द्रीय कार्य सम्पादन समितिको बैठक काठमाडौंमा बस्ने निर्णय गरेको हो।
यसबारे अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्। अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्, ‘राप्रपा त्रय अध्यक्षहरूको आज बसेको बैठकले पुस ४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गर्ने निर्णय गरेको छ। उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भाबी संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ।’