बिहीबार, वैशाख १३, २०८१

विराटनगर र जनकपुरमा ‘जाऊँ है पोखरा’ 

कोभिड-१९ बाट नराम्ररी प्रभवित पर्यटन क्षेत्रलाई चलायमान बनाउन आपसी सहकार्यका लागि पूर्वी नेपाल र पोखराका पर्यटन व्यवसायी एकमत देखिएका छन्। 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

पोखरा– कोभिड-१९ बाट नराम्ररी प्रभवित पर्यटन क्षेत्रलाई चलायमान बनाउन आपसी सहकार्यका लागि पूर्वी नेपाल र पोखराका पर्यटन व्यवसायी एकमत देखिएका छन्। 

triton college

‘जाऊँ है पोखरा’ को चार दिने अभियान लिएर बुधबार पोखराबाट निक्लिएको पश्चिमाञ्चल होटल संघ पोखराको टोलीले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

पत्रकार सम्मेलनमा क्षेत्रीय होटल संघ मोरङका अध्यक्ष राजन श्रेष्ठले पश्चिमाञ्चल होटल संघले ‘जाऊँ है पोखरा’ कार्यक्रम सुरु गरेर सराहनीय काम गरेको बताए। 

उनले शिथिल भएको पर्यटनलाई आन्तरिक पर्यटनमा जोड दिएर उकास्न सकिने बताए। प्रदेश १ मा पनि थुप्रै पर्यटकीय क्षेत्र रहे पनि तिनबाट फाइदा लिन नसकिएको उनको भनाइ छ।

पर्यटन पुनर्स्थापना समिति प्रदेश १ का संयोजक भविशकुमार श्रेष्ठले कोभिड–१९ का कारण पर्यटन क्षेत्र निकै अप्ठ्यारो अवस्थामा रहेको भन्दै प्रदेश–प्रदेशबीच पर्यटक आदानप्रदान जरुरी भएको बताए। 

corrent noodles
Metro Mart

आयोजक संघका सल्लाहकार हरि शर्मा गैह्रेले आफूहरु प्रदेश १ मा व्यापार गर्न नभई आशा र उत्साहको सन्देश प्रवाह गर्न आएको बताएका थिए।

नाट्टा प्रदेश १ का वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले पूर्वी नेपाल र पोखरा बीच सीधा हवाई उडान जरुरी भएको बताए। 

आयोजक संघका अध्यक्ष एवं पर्यटन पुनरुत्थान समिति गण्डकी प्रदेशका सहसंयोजक विकल तुलाचनले व्यवसायीबीच सहकार्य गरेर प्रवर्धन अभियान सञ्चालन गर्दै पर्यटन पुनःस्थापना गर्ने प्रस्ताव राखे।

दिगो पर्यटनका लागि पूर्वाधार जरुरी हुने भन्दै उनले सिमरा, जनकपुर र विराटनगरलाई हवाई सेवामार्फत पोखरासँग जोड्न जरुरी भएको बताए।

पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले तनावरहित जीवनका लागि पनि पर्यटन आवश्यक भएको भनाइ राखे।

यसअघि बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष तुलाचनले अहिले पोखरा घुम्ने उपयुक्त समय भएको बताएका थिए। 

पर्यटकीय सेवा सुविधामा ५० प्रतिशतसम्म छुट प्रदान गरिएका कारण खर्चसमेत कम लाग्ने भन्दै तुलाचनले पोखरा घुम्न जनककपुरवासीसँग अनुरोध गरे। 

पोखरामा बन्द होटलसमेत अब खुल्ने क्रम अगाडि बढेको र पर्यटन बिस्तारै उठ्ने क्रममा रहेको पनि उनले बताए।

प्रदेश २ का पर्यटन सचिव डा. रामचन्द्र कँडेलले आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार भएको बताए। 

ब्रान्डिङ र मार्केटिङ आन्तरिक पर्यटनका लागि महत्त्वपूर्ण पक्ष भएको भन्दै उनले जनकपुर र पोखरा सुविधा सम्पन्न पर्यटक बसमार्फत जोड्न पनि जरुरी भएको बताए।

आयोजक संघका निवर्तमान अध्यक्ष एवम् होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पोखरामा आन्तरिक पर्यटकको अकुपेन्सी ४० प्रतिशत र कुल पर्यटक अकुपेन्सी ८० प्रतिशतसम्म पुगे पनि अहिले कोभिडले अवस्था बिग्रन पुगेको बताए। 

पर्यटन क्षेत्रलाई चलायमान बनाउन कनेक्टिभिटीको भूमिका ठूलो हुने भन्दै उनले पोखरा र जनकपुरलाई हवाई सेवाले जोड्न जरुरी भएको बताए। 

अभियानका संयोजक समेत रहेका पराजुलीले अब आन्तरिक र भारतीय पर्यटकलाई जोड दिएर अगाडि बढ्न प्रस्ताव राखेका थिए।

पर्यटन पुनस्थापन समिति प्रदेश २ का संयोजक मनीष झाले पर्यटकीय विकास र प्रवर्धनका लागि जनकपुरमा अध्यागमन कार्यालय स्थापना जरुरी भएको बताए। जनकपुर ७२ कुटी र ५२ कुन्डको सहर भएको पनि उनले सुनाए। 

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मंसिर २४ बाट सुरु भएको अभियान अन्तर्गत पर्सा, जनकपुर, वीरगन्ज, विराटनगर र चितवन समेटिएका छन्। 

भ्रमण टोलीमा अभियानका परिकल्पनाकारमध्ये एक बोर्डका कार्यकारी सदश्य विप्लव पौडेल पनि छन्। भ्रमण कार्यक्रम मंसिर २७ गते सकिनेछ। 
 

प्रकाशित: Dec 11, 2020| 08:59 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्