शुक्रबार, वैशाख ७, २०८१

सडकमा संकलित धुलोबाट इँटा बनाइँदै

कामपाले झन्डै दुई वर्षदेखि ब्रुमरको सहायताले धुलो संकलन गरी सडक सफा गरिरहेको छ।
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं- काठमाडौं महानगरपालिकाले ब्रुमरबाट संकलित धुलोबाट इँटा बनाउने तयारी गरेको छ। कामपाले झन्डै दुई वर्षदेखि ब्रुमरको सहायताले धुलो संकलन गरी सडक सफा गरिरहेको छ। हालसम्म  छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ। 

triton college

संकलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ। यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न इँटा बनाउने विषयमा सम्बन्धित व्यक्तिसँग कामपाले छलफल गर्न थालेको छ।   

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले निर्माणका विषयमा छलफल र स्थान पहिचानको कुरा भइरहेको छ।

कामपाले हरेक दिन सातवटा ब्रुमरले सडक सफा गर्दै आएको छ। महानगरले सुन्दर सहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो। 

२०७५ फागुन २८ गते इटालीबाट १० करोड ८० लाख रुपैयाँमा ल्याइएका उक्त ब्रुमर सञ्चालनका लागि कामपाले पाँच मार्ग निर्धारण गरेको छ।

corrent noodles
Metro Mart

सोही मार्गअनुरुप काम भइरहेको छ। पानी पर्ने समयमा काम गर्न समस्या भए पनि अन्य समयमा भने काम नियमित भइरहेको कामपाको भनाइ छ।     

सडकका मुख्य स्थान नयाँसडक, रत्नपार्क, जमल, कालीमाटी, कलंकी, पुतलीसडक, बिजुलीबजारलगायत स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ। 

यसअघि विशिष्ट व्यक्तिको आवतजावत भएका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरबाट सडक सफा गरिँदै आएको थियो।

दैनिक १० किलोमिटरसम्मको धुलो संकलन गर्न सक्ने क्षमताका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका छन्। रासस

प्रकाशित: Dec 11, 2020| 06:32 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।