बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ठाउँ ठाउँमा वर्षा र हिमपातको सम्भावना, यस्तो हुनेछ तीन दिनको मौसम 

ठाउँ ठाउँमा वर्षा र हिमपातको सम्भावना, यस्तो हुनेछ तीन दिनको मौसम 

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको छ । 
 |  शुक्रबार, मंसिर २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

triton college

अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । 

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको छ । 

यस्तै प्रदेश १ को पहाडी भूभागका एक÷दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।  उनका अनुसार अबको २ दिनसम्म देशका अधिकांश भूभागमा पारिलो घाम लाग्ने छैन् । 

नेपालमा पश्चिमी वायुको प्रवेशसँगै अरेबियन सागरको जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकोले मौसममा परिवर्तन आएको महाशाखाले जनाएको छ ।

corrent noodles
Metro Mart

यसका कारण देशका धेरै ठाउँको तापक्रम घटेको छ । काठमाडौं उपत्यकाको शुक्रबार बिहानको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन गरिएको छ । तराईका धेरैजसो ठाउँमा पनि तापक्रम घटेको छ ।  बिहानैदेखि हुस्सु लाग्न सुरु भएको छ । 

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

मंसिर २६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

मंसिर २७ गते (शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का/बर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राति : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

मंसिर २८ गते (आईतबार)

दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।

राति:  प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।  प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

प्रकाशित: Dec 11, 2020| 02:43 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।