काठमाडौं- नेपालमा ६ महिनामा करिब ३३ अर्ब रुपैयाँ बराबरको डिजेल आयात भएको छ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि मंसिरसम्म) मा ३२ अर्ब ९३ करोड ६८ लाख ७३ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको हो।
सो अवधिमा नेपालमा ७ लाख ५३ हजार २०१ किलोलिटर डिजेल आयात भएको भन्सार विभागको तथ्याङ्क छ। डिजेलको उक्त आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा न्यून हो।
गत आर्थिक वर्षको साउनदेखि पुससम्म ४९ अर्ब १४ करोड ८० लाख १२ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको थियो।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १२ अर्ब ९६ करोड ४२ लाख रुपैयाँ बराबरको २ लाख ८४ हजार ७९ किलोलिटर पेट्रोल आयात भएको छ।