बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सिटौला समूहको निष्कर्ष : कांग्रेसले सडक खाली गर्दा राजावादी सल्बलाए 

सिटौला समूहको निष्कर्ष : कांग्रेसले सडक खाली गर्दा राजावादी सल्बलाए 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहको भेलाले सडकमा कांग्रेसको उपस्थिति कमजोर हुँदा राजावादी सल्बलाएको निष्कर्ष निकालेको छ। 
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहको भेलाले सडकमा कांग्रेसको उपस्थिति कमजोर हुँदा राजावादी सल्बलाएको निष्कर्ष निकालेको छ। 

triton college

सिटौला निवास चण्डाेलमा बिहीबार भएको भेलाले सरकारका रबैयाविरुद्ध सडकमा कांग्रेसको उपस्थिति नहुँदा राजतन्त्र समर्थक सडकमा निस्किएको निष्कर्ष निकालेको हो। 

‘सरकारका गलत कामविरुद्ध प्रतिपक्षीले सडक र सदन दुवै ठाँउमा आफ्नो उपस्थिति देखाउनुपर्ने हो। तर, सडकमा कांग्रेसको उपस्थिति नभएकै कारण राजवादीहरु सल्बलाएको हामीले निष्कर्ष निकालेका छौँ,’ भेलामा सहभागी एक नेताले भने, ‘अहिले सरकारका असफलता, गलत काम र भ्रष्टाचारविरुद्धमा सडकमा आन्दोलन हुनुपर्ने हो। तर, व्यवस्थाविरुद्ध नै आन्दोलन भइरहेको छ। यो राम्रो होइन।’

भेलाले मंसिर २९ गते पार्टीले गर्ने प्रदर्शनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। त्यसपछि पनि सरकारविरुद्धका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सिटौला समूहको निष्कर्ष छ।  

‘अहिलेसम्म हामी सडकमा देखिएनौँ। २९ गतेको कार्यक्रम सफल बनाउने र सरकार नसच्चिएसम्म दबाब दिन थप कार्यक्रम घोषणा गर्नुपर्छ,’ ती नेताले भने, ‘गणतन्त्र, संविधान र संघीयतालाई संस्थागत गर्नुपर्ने अहिलेको आवश्यकता हो। सरकारकै कारण व्यवस्थाप्रति वितृष्णा जागेको छ। सरकारको रबैयालाई फर्दाफास गर्ने जिम्मेवारी कांग्रेसको हो।’

corrent noodles
Metro Mart

भेलामा १४ औं महाधिवेशनबारे समेत छलफल भएको छ। फागुनमा तोकिएको महाधिवेशन सर्ने सम्भावना छ। अहिलेसम्म क्रियाशील सदस्यता जिल्लाबाट आइपुगेको छैन। अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुको समायोजनको कामसमेत टुंगिएको छैन।

‘महाविधेशन फागुनमा हुँदैन भने कहिले हुन्छ? कहिलेसम्मलाई सार्ने भन्ने टुंगो लाग्नुपर्छ। सभापतिजीले जेठसम्म सर्नसक्ने संकेत गर्नुभएको छ। तर, त्यसको टुंगो लागेको छैन,’ ती नेताले भने, ‘महाधिवेशनको हुने मिति तोक्न आग्रह गर्ने, महाधिवेशन निष्पक्षरुपमा सम्पन्न हुने वातावरण बनाउन माग गर्ने निष्कर्ष भेलाको छ।’

भेलामा नेता सिटौलाले समसामयिक राजनीति, सडकमा भइरहेको आन्दोलन र आगामी महाधिवेशनका बारेमा ब्रिफिङ गरेका थिए।भेलामा गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल, भीमसेनदास प्रधान, शिव हुमागाइँलगायतका नेता उपस्थित थिए।

प्रकाशित: Dec 10, 2020| 12:22 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।