विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७५ जना कोरोना संक्रमित थपिएका छन्।
९३४ जनाको पीसीआर परीक्षण गर्दा ६० महिला र ११५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।
सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ६७७ पुगेको छ। प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन्।
होम आइसोलेसनबाट २१, विराट सामुदायिक भवन आइसोलेसनबाट १०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९, मेची अस्पतालबाट ४, मारवाडी सेवा सदन आईसोलेसनबाट २, विराट मेडिकल कलेज, न्युरो अस्पताल र कालिसदन आइसोलेसनबाट १–१ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ४५२ पुगेको छ।