बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ओपोद्वारा ‘ओफ्यान्स फेस्टिवल’ घोषणा                                                    

ओपोद्वारा ‘ओफ्यान्स फेस्टिवल’ घोषणा                                                    

 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– ओपोले ‘ओ(फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ ।

triton college

सुरुवाती दिनदेखि नै ब्राण्डप्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता व्यक्त गर्ने सोचका साथ ‘ओ(फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको कम्पनीले जनाएको छ।

डिसेम्बर १ देखि प्रारम्भ गरिएको सो एसएमएस उपहार योजनामा सहभागिता जनाई उपभोक्ताले ओपोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्ने अवसर पाउने बताइएको छ । ‘ओ(फ्यान्स फेस्टिवल’ क्याम्पेन जनवरी १०, २०२१ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ। 

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, फोनका लागि ओफ्यान्स स्पेस आईएमईआई र आईओटी उपकरणका लागि ओफ्यान्स स्पेस सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक चरणमा १ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । भाग्यशाली विजेताले ओपोका तर्फबाट आकर्षक उपहार जित्ने कम्पनीले जनाएको छ।

विजेताहरुको घोषणा हरेक हप्ताको अन्त्यमा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिने बताइएको छ । क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् ।

corrent noodles
Metro Mart

प्रकाशित: Dec 10, 2020| 10:37 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्