काठमाडौं– ईसेवाले दसैं, तिहार र छठलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका विजेता घोषणा गरिएको छ।
उपहार योजना अन्तर्गत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सफल भएका छन्। बुधबार गोलाप्रथाबाट विजेता सार्वजनिक गरिएको हो ।
बुधबार नै अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भएका छन्।
मंसिर ५ गतेसम्म सञ्चालित योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएको कम्पनीले जनाएको छ।