विराटनगर- विराटनगरमा दुई मानवअधिकारकर्मी सम्मानित भएका छन्।
७२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा लामो समयदेखि मानव अधिकारको क्षेत्रमा योगदान पुर्याएका मणिकुमार अर्ज्याल र विष्णु शर्मा पन्तलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले सम्मानित गरे।
बिहीबार मानव अधिकार सञ्जाल विराटनगर र महिला मानव अधिकार रक्षक सञ्जालको आयोजनामा भएको कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो।
सञ्जालले हरेक वर्ष दिवसका अवसरमा २ जना मानवअधिकारकर्मीलाई सम्मानित गरिएको महिला मानवअधिकार रक्षक सञ्जालकी प्रदेश संयोजक मन्जिता उपाध्यायले बताइन्।