शुक्रबार, वैशाख १४, २०८१

‘मिर्गौला बचाउ अभियान’ चलाउँदै काठमाडौं महानगर

 काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ ।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं- काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ ।  

triton college

काठमाडौं महानगरपालिकाले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्ने भएको हो । 

बुधबार बसेको २६औँ महानगर दिवस मूल समारोह समितिको बैठकमा कामपाका प्रमुख विद्यासुन्दर शक्यले रोग लागेपछि मात्रै उपचारका लागि अस्पताल जाने नभई रोग नै लाग्न नदिने वातावरण सिर्जना गर्नका लागि महानगरपालिकाले दक्ष चिकित्सकको टोलीसहित टोलटोलमै पुगेर जनचेतनामूलक कार्यक्रम गर्नेलगायतको अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।  

उनले भने, “महानगर दिवसका अवसरमा मिर्गौला बचाऊ अभियान घोषणा गर्ने, काठमाडौं महानगरपालिकाले गरिरहेका पूर्वाधार विकास, सम्पदा निर्माण÷पुनर्निर्माण, सेवा प्रवाहलगायत सन्दर्भमा नागरिकको अभिमत लिने लगायतको तयारी गरेका छौं ।” 

कोभिड–१९ अझै नियन्त्रणमा नआएकाले यो वर्ष रााष्ट्रियसभा गृहमा सीमित व्यक्तिकाबीच कार्यक्रम आयोजना गर्ने तयारी गरेको पनि उनले जानकारी दिए ।

corrent noodles
Metro Mart

नागरिकको अभिमतका लागि तीन दिनसम्म महानगरका कालिमाटी चोक, कलङ्की, बानेश्वर, कोटेश्वर, महाराजगञ्ज, बालाजु, वसन्तपुर, रत्नपार्क, न्यूरोड, स्वयम्भू, लैनचौर, क्षेत्रपाटी, बागबजार, पुतलीसडक, त्रिपुरेश्वर, भाटभटेनीलगायतका विभिन्न ३० स्थानमा बुथ राख्ने तयारी कामपाको छ ।   

प्रकाशित: Dec 10, 2020| 01:12 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।