शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हत्या गरिएका शिक्षकको शव आफन्तले बुझे, भोलि अन्त्येष्टि

हत्या गरिएका शिक्षकको शव आफन्तले बुझे, भोलि अन्त्येष्टि

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले हत्या गरेकाे मोरङ मिक्लाजुङ–१ रमितेको सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक ५४ बर्षीय राजेन्द्रबहादुर श्रेष्ठको शव आफन्तले बुझेका छन्। 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

विराटनगर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले हत्या गरेकाे मोरङ मिक्लाजुङ–१ रमितेको सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक ५४ बर्षीय राजेन्द्रबहादुर श्रेष्ठको शव आफन्तले बुझेका छन्। 

triton college

सुनसरीस्थित धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएपछि शव अन्त्येष्टिका लागि आफन्तले बुझेका हुन्। मिक्लाजुङको मधुमल्लास्थित बक्राहा घाटमा दाहसंस्कार गर्नेगरी शव लगेको पारिवारिक स्रोतले जानकारी दिएको छ। (विहीबार बिहान) अन्त्येष्टि गरिने नेकपा मिक्लाजुङले बुधबार साँझ विज्ञप्ती मार्फत जनाएको छ। 

मंगलबार बिहान घरकै काम गरिरहेका शिक्षक श्रेष्ठलाई एउटा समूहले घरबाटै अपहरण गरेर हत्या गरेको प्रहरीले जनाएको छ। मिक्लाजुङमा विप्लव समूहको सैन्य गतिविधि तीव्र भएको सूचनापछि प्रहरीले विशेष सर्च अभियान चलाएर गत कात्तिक १२ गते दुई जना कार्यकर्तालाई पक्राउ गरेको थियो।

प्रहरीले चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भनिने काँशीनाथ घिमिरेलाई पक्राउ गरेकोमा उनीहरुलाई पक्राउ गर्न सहयोग गरेको आरोप विप्लव समूहले शिक्षक श्रेष्ठलाई लगाएको छ। 

शिक्षक श्रेष्ठको हत्या भएपछि मोरङको मिक्लाजुङ र आसपासको क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनामा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ। घटनास्थललाई चारैतिरबाट घेरा हालेर सर्च गर्दै हत्या गर्नेको खोजी थाल्न प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले निर्देशन दिएका छन्। हत्यामा संलग्नको खोजी र पहिचानका लागि प्रदेश प्रहरी कार्यालयबाट पनि विशेष टोली उनले खटाएका छन्। 

corrent noodles
Metro Mart

शिक्षक श्रेष्ठको हत्यापछि मिक्लाजुङ शोकमा डुबेको छ। गाउँमा विकास प्रेमी, समाजसेवी र शैक्षिक उन्नयनकर्ता भनेर चिनिने उनको हत्याले सबैलाई मर्माहत बनाएको वडा अध्यक्ष नरबहादुर राईले बताए। 

उनका अनुसार घटनास्थल दुर्गम र विकट छ। वडा कार्यालय रहेको स्थानबाट पैदल हिँडेर जाँदा अढाई घण्टाभन्दा बढी समय लाग्ने जानकारी राईले दिए। जनताको सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग उठिरहेका बेला घटनास्थल आसपासमा सुरक्षा उपस्थिति छैन।

असुरक्षित महसुस गर्दै पटकपटक स्थानीय बासिन्दाले सशस्त्र र नेपाल प्रहरीको युनिट राखिदिनुपर्ने माग गरे पनि सुनुवाई नभएको तथा फाइल गृह मन्त्रालयमा पुगेर अड्किएको उनको भनाइ छ। 

एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटीका अध्यक्ष लोकनाथ रिमालले आफ्नो स्वार्थ पूरा गर्ने नाममा निहत्था शिक्षकको हत्या हुनु निन्दनीय रहेको बताए। शिक्षक श्रेष्ठको हत्यालाई प्रदेश १ सरकारले आपराधिक, अमानवीय र निन्दनीय घटना भनेको छ। 

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाको प्रभावकारी अनुसन्धान थालिएको जानकारी दिए।

प्रदेश प्रहरी कार्यालय, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), विभिन्न सुरक्षा निकाय र अनुसन्धान टोलीलाई घटनास्थलमा खटाइसकिएको विज्ञप्तिमा जनाइएको छ। 

प्रकाशित: Dec 09, 2020| 13:35 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।