शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानाध्यापककाे हत्यापछि त्रसित छन् बर्खेवासी, भन्छन्- असुरक्षित भयाैं

प्रधानाध्यापककाे हत्यापछि त्रसित छन् बर्खेवासी, भन्छन्- असुरक्षित भयाैं

घटनाको अनुसन्धान गर्न र वास्तविकता पत्ता लगाउन खटाइएका प्रहरी टोली जोखिम मोलेर ट्रयाक्टरमा लगभग साढे ८ घण्टापछि घटनास्थल पुगेको थियो। 
 |  मंगलबार, मंसिर २३, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, मंसिर २३, २०७७

विराटनगर- मोरङको मिक्लाजुङ-१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठ (५४)को हत्या भएपछि स्थानीय त्रसित भएका छन्। 

triton college

बर्खेमा १५ घर मात्रै छ, त्यो पनि नजिक-नजिक छैनन्। केही समस्या आई लागे हत्तपत्त अर्को घरले थाहा पाउँदैन। 

झन् प्रधानाध्यापकको धारिलो हतियार प्रहार गरी हत्या भएपछि स्थानीयवासीले असुरक्षित महसुस गरेका छन्। 

‘यो घटनाले जुनसुकै बेला जे पनि हुने देखियो,’  स्थानीय गोविन्द श्रेष्ठ भन्छन्। 

तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रिया आएपछि साविक रमितेखोला गाविसका वासिन्दाले राहत महसुस गरेका थिए। 

corrent noodles
Metro Mart

तर, सशस्त्र द्वन्द्वको झल्को दिने गरी प्रधानाध्यापकको हत्या भएपछि स्थानीयवासीमा त्रास छाएको छ। 

द्वन्द्वको समयमा रमितेखोलालाई माओवादीले आफ्नो आधार इलाका बनाएको थियो। तत्कालीन समयमा यहाँ दोहोरो झडपका घटनाहरू पनि भएका थिए।

सशस्त्र द्वन्द्वपछि यहाँ कुनै त्रास थिएन। आज बिहानको घटनाले भने पुनः त्रास छाएको स्थानीय मदन श्रेष्ठ बताउँछन्। 

‘सानो वस्ती र वरिपरि जंगल छ,’ उनले भने, ‘झन् हत्याका घटना भएपछि बस्नै गाह्रो हुने भयो।’

उनका अनुसार प्रधानाध्यापक श्रेष्ठ मिलनसार थिए। 

‘अपहरण गरेको थाहै पाइनँ’

प्रधानाध्यापक श्रेष्ठकी पत्नी धनकुमारी (५३) ले आफू बिहानै बाख्रालाई घाँसपानी दिन गएका बेला घटना भएको बताइन्। 

‘काम गर्न गएका बेला श्रीमान‍्लाई अपहरणकारीले कब्जामा लिँदै जंगलमा पुर्‍याएर हत्या गर्दासमेत पत्तै पाउन सकिनँ,’ उनले भनिन्, ‘दोषीलाई कडा कारबाही हुनुपर्छ।’ 

छोरा छत्रबहादुर (३०) बिहे भएपछि मिक्लाजुङको मधुमल्लामा परिवारसहित खेतीपाती गरेर बस्छन्। छोरी पूजा (२८) को बिहे भइसकेको छ। 

घटनाबारे जानकारी पाएपछि सम्हालिन नसकेका उनीहरू मंगलबार दिउँसो जसोतसो घटनास्थल पुगेका थिए। 

घटनास्थल पुग्नै सकस

वडाध्यक्ष नरबहादुर राईका अनुसार मिक्लाजुङको केन्द्र मधुमल्लाबाट उत्तरतर्फ रहेको घटनास्थल पुग्न मोटरसाइकलमा तीन घण्टाभन्दा बढी समय लाग्छ। 

वडा कार्यालय रहेको स्थानबाट पैदल हिँडेर जाँदा अढाई घण्टा बढी समय लाग्ने उनले जानकारी दिए। 

वडाध्यक्ष राई र गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यसहित केही जनप्रतिनिधि घटनास्थलमा दिउँसो मात्रै पुगेका थिए। 

घटनाको अनुसन्धान गर्न र वास्तविकता पत्ता लगाउन खटाइएका प्रहरी टोली जोखिम मोलेर ट्रयाक्टरमा लगभग साढे ८ घण्टापछि घटनास्थल पुगेको थियो। 

शिक्षण सुरु गरेदेखि हालसम्म एउटै विद्यालय

राजेन्द्र श्रेष्ठ शिक्षण पेसामा प्रवेश गरेको ३१ वर्ष भयो। 

उनी २०४६ सालमा सरस्वती आधारभूत विद्यालयबाट शिक्षण पेसामा प्रवेश गरेका थिए। 

शिक्षण सुरु गरेदेखि अहिलेसम्म उनी सो विद्यालयमा कार्यरत थिए। 

विद्यालयमा श्रेष्ठ र शिक्षिका सुजाता राईले पठनपाठन गराउँदै आएका थिए। 

प्रधानाध्यापकको हत्यापछि त्रसित भएको शिक्षिका राईले बताइन्। 

शिक्षक संगठनद्वारा कारबाहीको माग

प्रधानाध्यापक श्रेष्ठको हत्याका दोषीलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङले माग गरेको छ।

संगठन अध्यक्ष लोकनाथ रिमालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना गरेका छन्।

विद्यालयमा अहोरात्र खटिने शिक्षक माथि हत्या हुनु दुःखद् भएको उनले बताए। 

विप्लव समूहले हत्या गरेको प्रहरी आशंका

प्रधानाध्यापक श्रेष्ठको हत्या नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हत्या गरेको आशंका गरिएको छ। 

स्थानीयका अनुसार श्रेष्ठको घरमा सोमबार बाख्रा किन्न केही व्यक्तिहरू आएका थिए। 

उनीहरू विप्लव समूहका कार्यकर्ता भएको आशंका गरिएको छ। 

घटनास्थल पुगेका एसपी सन्तोष खड्काले घटनामा विप्लव समूहकै संलग्नता रहेको हुन सक्ने आशंका गरेर विभिन्न कोणबाट अनुसन्धान थालिएको बताए। 

सम्बन्धित समाचार

हात बाँधेर धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा भेटियो शिक्षकको शव

प्रकाशित: Dec 08, 2020| 14:32 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।