शुक्रबार, वैशाख ७, २०८१

कैलालीका स्थानीय तहको पहिलो चौमासिकमा खर्च न्यून 

कैलाली जिल्लाका स्थानीय निकायले चालु आर्थिक वर्षको पहिले चौमासिकमा ज्यादै कम खर्च गर्न सकेका छन्। 
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

धनगढी– कैलाली जिल्लाका स्थानीय निकायले चालु आर्थिक वर्षको पहिले चौमासिकमा ज्यादै कम खर्च गर्न सकेका छन्। 

triton college

कोष तथा लेखा नियन्त्रक कार्यालय धनगढीका अनुसार कैलालीका स्थानीय निकायले चाचू आवको पहिलो चौमासिकमा चालू र पुँजीगत गरेर १८ प्रतिशत मात्र खर्च गर्न सकेका छन्। 

जिल्लामा एक उपमहानगरपालिकासहित ६ नगरपालिका र ६ गाउँपालिका छन्। 

बर्दगोरिया गाउँपालिकाले सबैभन्दा कम १२ प्रतिशत मात्रै खर्च गरेको छ। १३ करोड ६६ लाख ९४ हजार पुँजीगत बजेट रहेको गाउँपालिकामा आर्थिक वर्षको पहिलो चौमासिक पूरा हुँदा पनि ५४ लाख ७९ हजार मात्रै पुँजीगत बजेट खर्च भएको छ। 

धनगढी उपमहानगरपालिकाले पहिलो चौमासिकमा पाँच करोड चार लाख १४ हजार मात्रै पूँजीगत बजेट खर्च गरेको छ।

corrent noodles
Metro Mart

चालू र पुँजीगत गरी गोदावरी नगरपालिकाले १५ प्रतिशत, गौरीगंगा नगरपालिकाले २२, घोडाघोडी नगरपालिकाले १८, टीकापुर नगरपालिकाले १६, कैलारी गाउँपालिकाले १८, चुरे गाउँपालिकाले २०, जानकी गाउँपालिकाले १४ र मोहन्याल गाउँपालिकाले १३ प्रतिशत मात्रै बजेट खर्च गरेका छन्।

कोरोना भाइरसको प्रभावसँगै कर्मचारी अभावका कारण अपेक्षाकृत रुपमा काम गर्न नसकिएको स्थानीय निकायका प्रमुखले बताउँदै आएका छन्। 

कोरोना भाइरसको प्रभावकै बीच चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सबैभन्दा बढी जोशीपुर गाउँपालिकाले खर्च गर्न सफल भएको छ। गाउँपालिकाले चालू र पुँजीगत २७ प्रतिशत बजेट खर्च गरेको छ। 

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बालीराम डंगौरा थारुले विकास निर्माण लगायतका काम सञ्चालनमै रहे पनि भुक्तानी कम भएका कारण खर्च कम देखिएको बताए।

प्रकाशित: Dec 08, 2020| 05:34 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।