मंगलबार, वैशाख ११, २०८१

प्रतिष्ठाको लडाइँमा मेस्सी र रोनाल्डो

२०१८ मा रोनाल्डो स्पेनिस क्लब रियल मड्रिड छोडेर युभेन्टस पुगेसँगै विश्वभरिका फुटबल समर्थकले उनीहरुबीचको खेल हेर्न पाएका थिएनन्।
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं- यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार राति स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टससँग प्रतिस्पर्धा गर्दैछ।

triton college

आजको खेलमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो केन्द्रमा रनेछन्। किनभने यी दुईबीच खेल नभएको साढे दुई वर्ष वितिसकेको छ।

२०१८ मा रोनाल्डो स्पेनिस क्लब रियल मड्रिड छोडेर युभेन्टस पुगेसँगै विश्वभरिका फुटबल समर्थकले उनीहरुबीचको खेल हेर्न पाएका थिएनन्।

गत अक्टोबर २९ मा भएको पहिलो लेगको खेलमा पोर्चुगिज फरवार्ड रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएकाले उनी बार्सिलोनविरुद्धको खेलमा उपस्थित थिएनन्।

त्यसैले पहिलो लेगमा रोनाल्डो र मेस्सीलाई एउटै मैदानमा हेर्ने समर्थकको सपना साकार हुन सकेको थिएन। उनीहरुले २०१८ को मे यता एउटै मैदानमा खेल्न पाएका पनि छैनन्।

corrent noodles
Metro Mart

तर आज रातिको खेलमा मेस्सी र रोनाल्डोले एक अर्काबीच प्रतिस्पर्धा गर्दैछन्। गएको एक दशकभन्दा लामो समय उनीहरुले नै विश्व फुटबलमा राज गरेका छन्।

उनीहरुमध्ये को राम्रो भन्ने प्रश्नको उत्तर खोज्न फुटबल पण्डितहरुलाई पनि गाह्रो पर्छ। मेस्सी अहिलेका उत्कृष्ट खेलाडी हन् भने रोनाल्डो बेस्ट स्ट्राइकर।

मेस्सी र रोनाल्डो भिड्न लागेको समूह जीमा बार्सिलोना १५ अंकका साथ शीर्षस्थानमा छ भने युभेन्टसकोे १२ अंक छ।

दुवै टिम लिगको नकआउट चरणमा प्रवेश गरिसकेकाले आजको खेलले उनीहरुलाई अघि बढ्न रोक्ने छैन। त्यसैले यो खेललाई प्रतिष्ठाको खेलका रुपमा हेरिएको छ।

युभेन्टसकाे मैदानमा सम्पन्न पहिलो लेगको खेलमा पाहुना टिमले २–० गोलको जित निकालिसकेको छ। त्यसैले आजको खेल युभेन्टसलाई सो खेलको बदला लिने अवसरका रुपमा पनि छ।

तर च्याम्पियन्स लिगमा बार्सिलोनासँगको पछिल्लो चार खेलमा युभेन्टसले जित निकाल्न सकेको छैन। साथै पछिल्लो चार खेलमा उसले बार्सिलोनाविरुद्ध गोलसमेत गर्न सकेको छैन।

युभेन्टसले बार्सिलोनविरुद्ध गोल नगरिकनै मैदानमा ३९५ मिनेट विताइसकेको छ। जारी सिजनमा पनि बार्सिलोनाले समूह चरणका सबै खेल जितेको छ।

यसअर्थमा बार्सिलोना युभेन्टसभन्दा बलियो देखिन्छ। तर आजको खेल युभेन्टसलाई यी सबै खेलको बदला लिने अवसरका रुपमा रहनेछ।

खेल आज राति पौने दुई बजे बार्सिलाेनाको रंगशालामा हुनेछ।
 

प्रकाशित: Dec 08, 2020| 01:50 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।