शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • ओलीलाई सहमतिमा ल्याउन सक्दो प्रयास गर्दै छौं : देवेन्द्र पौडेल (अन्तर्वार्ता)

ओलीलाई सहमतिमा ल्याउन सक्दो प्रयास गर्दै छौं : देवेन्द्र पौडेल (अन्तर्वार्ता)

हामी विभिन्न प्रकारले गृहकार्य गरिरहेका छौं। दुई अध्यक्षबीच पनि कुरा हुँदै छ। पार्टी विभाजन हुन नदिन सबै नेता गम्भीर हुनुहुन्छ। सबैको ध्यान त्यसै दिशामा केन्द्रित छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक २८ गते सम्मका लागि स्थगित भएको छ। अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्ताव (आरोपपत्र) बारे छलफल गर्न डाकिएको बैठक ओलीले बहिष्कार गरेका छन्। यो घटनाक्रमले नेकपाभित्रको विवाद तत्काल समाधान हुने देखिँदैन। तर नेताहरू भने सहमति हुनेमा आशावादी छन्। सहमतिका लागि कस्ता गृहकार्य भइरहेका छन् त? नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग नेपाल समयकर्मी बीपी अनमोलले गरेको संक्षिप्त कुराकानी :

triton college

प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कमिटीका बैठकमा उपस्थित हुनै छोड्नुभएको छ। स्थायी कमिटीमा पनि सहभागी हुनु भएन। यसलाई कसरी लिनुहुन्छ? 

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले स्थायी कमिटी बैठकमा पत्र पठाएर आफ्नो उपस्थिति जनाउनुभएको छ। पत्रमार्फत आफ्नो विचार र दृष्टिकोण पठाएर भौतिक उपस्थिति नभए पनि बैठकप्रति ऐक्यबद्धता जनाउनुभएको छ। यसलाई सकारात्मक लिनुपर्छ। 

निर्णय उल्लंघन गर्ने र बैठकमा सहभागी नहुने ओली प्रवृत्तिलाई तपाईंहरु कहिलेसम्म सहिरहनुहुन्छ?

केन्द्रीय कमिटी बैठकसम्म जान्छौं। छलफल हुन्छ। मलाई लाग्छ, प्रधानमन्त्री ओली २८ गतेको स्थायी कमिटी बैठकमा सहभागी हुनुहुनेछ।

corrent noodles
Metro Mart

हामी उहाँलाई जसरी पनि बैठकमा ल्याउन लागिपरेका छौं। सबै प्रकारका वातावरण तयार बनाउने, सहजीकरण गर्ने र कुराकानी गर्ने काममा व्यस्त छौं। त्यसैले उहाँ जसरी पनि आउनुहुन्छ र पार्टीभित्रको विवाद समाधान हुन्छ।

२८ गतेको बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनुभएन भने के गर्नुहुन्छ?

सहभागी हुनुहुन्न भन्ने कुरा अहिले नगरौं। उहाँको सहभागिता हुनैका निम्ति हामीले सात दिन समय राखेर बैठक रोकेका छौं। 

प्रधानमन्त्री २६ भदौमा फर्किनुपर्ने बताइरहनुभएको छ। यो सम्भव छ?

२६ भदौ मात्रै होइन। समग्र पार्टी एकता हुँदाखेरीका सहमति, विभिन्न समयमा बैठकले गरेका निर्णयलगायतमा छलफल गरेर पार्टीमा देखिएको समस्याका समीक्षा गरेर अघि बढ्नुपर्छ। यी सबै विषयमा गम्भीर र गहन छलफल गरेर मात्रै पार्टी अघि बढ्छ। 

अबको सहमति भनेको ओलीले कुनै एक पद छोड्ने भन्ने हो?

त्यो त बैठकले निर्णय गर्ने कुरा हो। अहिले प्रधानमन्त्रीले पद छोड्नुपर्छ भनेर कसैले भनेको छैन। मुख्य मुद्दा अध्यक्षद्वयले सचिवालय बैठकमा पेस गरेका राजनीतिक प्रस्तावलाई टुंगो लगाउने गरी बैठक अघि बढ्छ। 

सात दिनभित्र कुनै नयाँ सहमति हुन सक्ने देखिन्छ?

सम्भावना छ। हामी विभिन्न प्रकारले गृहकार्य गरिरहेका छौं। दुई अध्यक्षबीच पनि कुरा हुँदै छ। पार्टी विभाजन हुन नदिन सबै नेता गम्भीर हुनुहुन्छ। सबैको ध्यान त्यसै दिशामा केन्द्रित छ। 

 स्थायी कमिटी बैठक अल्पमत र बहुमतमै रुपमा अघि बढ्छ त?

हाम्रो प्रयत्न अल्पमत र बहुमतको हुँदै होइन, सहमतिकै आधारमा पार्टी चलाउनुपर्छ भन्ने पक्षमा छौं। सहमति हुँदै भएन भने मात्र अल्पमत र बहुमतमा जानुपर्ने हुन्छ। तर, अहिले हामी सहमतिकै आधारमा समस्या सुल्झाउने प्रयत्नमा छौं। 

लामो समयदेखिको जारी विवाद समाधानको सूत्रचाहिँ के हो?

कमिटीले विवाद समाधानको सूत्र निकाल्छ। कमिटीमा हामी छलफल गर्छौं। सबै साथीको धारणा सुनेर दुवै अध्यक्षले देश, जनता पार्टी, सरकार र सबैप्रति गम्भीर बनेर सहमतिको बिन्दु खोज्ने दिशामा जानुहुन्छ। 
 

प्रकाशित: Dec 07, 2020| 10:43 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...