बिहीबार, वैशाख १३, २०८१

विभिन्न जिल्लामा भएका दुर्घटनामा नौ जनाको मृत्यु

दार्चुला, काभ्रे, चितवन, झापा र इलाममा भएका छुट्टाछुट्टै दुर्घटनामा नौ जनाको मृत्यु भएको हो। 
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडौं– देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर नौ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार दार्चुला, काभ्रे, चितवन, झापा र इलाममा भएका छुट्टाछुट्टै दुर्घटनामा नौ जनाको मृत्यु भएको हो। 

triton college

दार्चुलाको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा ना.३ ख ३४८५ नम्बरको ट्रक सडकबाट सय २० मिटर तल खस्दा ट्रकचालक बैतडी न्वाली बस्ने २४ वर्षीय शेरसिंह कार्कीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। 

काभ्रेको बनेपा नगरपालिका–६ नयाँ तरकारीबजारस्थित सडकमा ना.१२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ना.१२ प ७४२९ नम्बरको मोटरसाइकल चालक धुलिखेल नगरपालिका–६ बस्ने ३० वर्षीय सत्यमान तामाङ र अर्का मोटरसाइकलमा सवार सिन्धुपाल्चोक चौतारा–६ बस्ने २९ वर्षीय हरिकृष्ण बस्नेत छन्। 

दुर्घटनामा घाइते भएका उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

corrent noodles
Metro Mart

चितवनको राप्ती नगरपालिका–६ कालिका पेट्रोलपम्पअगाडि सडकमा ना.६ त ३३८१ नम्बरको ट्याक्टरले ना.३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय भण्डारा चितवनमा कार्यरत प्रहरी जवान सुजन न्यौपानेको मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। 

चितवनको खैरेहनी नगरपालिका–१ बहेडा चोकमा ग.१ च ९७२१ नम्बरको स्कारपियोले ना.२९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–७ बस्ने ३५ वर्षीय विजेन्द्र चौधरीको मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

इलामको देउमाई नगरपालिका–८ फुटानी चोकस्थित सडकमा मे.१ त ४७१९ नम्बरको ट्याक्टरबाट पल्टिँदा ट्याक्टरमा सवार देउमाई नगरपालिका–३ पानीटार बस्ने ३१ वर्षीय अर्जुन खातीको मृत्यु भएको छ। 

लडेर घाइते भएका उनको जिल्ला अस्पताल इलाममा उपचारका क्रममा मृत्यु भएको हो।  

झापाको दमक नगरपालिका–४ कृष्ण मन्दिर नजिक सडकमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। सवारीसाधनसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।
 

प्रकाशित: Dec 07, 2020| 07:35 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।